Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

ओलीको व्यङ्ग्य : देउवाजीको वडामा कांग्रेस पराजित भयो, अब बजेट जाँदैन होला

ओलीको व्यङ्ग्य : देउवाजीको वडामा कांग्रेस पराजित भयो, अब बजेट जाँदैन होला

  • बिहिवार, जेठ १२ २०७९

  • 383
    SHARES

  • ओलीको व्यङ्ग्य : देउवाजीको वडामा कांग्रेस पराजित भयो, अब बजेट जाँदैन होला

    काठमाडौं । प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई व्यङ्ग्य गर्दै उहाँको वडामा बजेट नजाने बताएका छन् ।

    सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि टिप्पणी गर्दै ओलीले प्रधानमन्त्रीको वडामा कांग्रेसले हारेकोले बजेट नजाने बताए । ओलीले भने, ‘कांग्रेस पराजित भएमा बजेट पठाउँदैनौ भन्नुभएछ, अब रुवाखोलामा बजेट नजाने भो ।’

    व्यङ्ग्य गर्दै ओलीले थपे, ‘अमरगढीमा कांग्रेसले जित्यो की जितेन थाहा भएन, नजितेको भए मेडिकल कलेज नै नजाने भयो ।’ चुनावी प्रचारप्रसारका क्रममा प्रधानमन्त्री देउवा पत्नी आरजु राणा देउवाले कांग्रेस पराजित भएमा बजेट नपठाउने गैरजिम्मेवार अभिव्यक्ति दिएकी थिइन् ।

     


    बिहिवार, जेठ १२ २०७९०१:३५:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij