Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

काठमाडौंमा मोडर्ना र फाइजर खोप दिइँदै (सूचनासहित)

काठमाडौंमा मोडर्ना र फाइजर खोप दिइँदै (सूचनासहित)

  • बिहिवार, जेठ १२ २०७९

  • 692
    SHARES

  • काठमाडौंमा मोडर्ना र फाइजर खोप दिइँदै (सूचनासहित)
    काठमाडौं। काठमाडौं महानगरपालिकाले बिहीबारदेखि कोभिड-१९ विरुद्धको खोप अभियान सञ्चालन गरेको छ । 
     
    महानगरपालिकाले एक सूचना जारी गर्दै तीन दिन मोडर्ना र फाइजर खोप दिइने जनाएको छ ।
     
    महानगरका ३२ वटै वडा कार्यालयका सामुदायिक शहरी स्वास्थ्य क्लिनिक र वडाले तोकेका स्थानमा बिहान १० देखि अपराह्न ४ बजेसम्म खोप लगाइनेछ ।
     
    पहिलो र दोस्रो डोज लगाएको तीन महिना पूरा भएका १८ वर्षमाथिका सबैलाई मोडर्ना खोप र १२ वर्षदेखि १७ वर्षसम्मका नागरिकलाई मोडर्ना वा फाइजर खोप दिन सकिने महानगरले जनाएको छ ।
     
    दोस्रो डोज र बुस्टर मात्रा लगाउनेले यसअघिको खोप कार्ड र पहिलो मात्रा लगाउन आउनेले परिचय खुल्ने कागजात ल्याउनु पर्ने महानगरपालिकाले सूचनामा उल्लेख गरेको छ ।
     
    हेर्नुहोस् सूचना !
     
    ktm-maa-khop.jpg
     
     


    बिहिवार, जेठ १२ २०७९०३:२९:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij