Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

मेयरमा विजयी भएपछि बालेनको धन्यवाद र्‍याली

मेयरमा विजयी भएपछि बालेनको धन्यवाद र्‍याली

  • शुक्रवार, जेठ १३ २०७९

  • 513
    SHARES

  • मेयरमा विजयी भएपछि बालेनको धन्यवाद र्‍याली

    काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा बालेन्द्र साह (बोलेन) निर्वाचित भएको औपचारिक घोषणासँगै धन्यवाद र्‍याली सुरु भएको छ ।

    सभागृहमा मेयर निर्वाचित भएको घोषणासँगै समर्थकले बालेनको साथमा धन्यवाद र्‍याली निकालेका छन् । उनीहरूले यसलाई विजय उत्सव नभई धन्यवाद र्‍याली भनेका छन् ।

    सभागृहबाट सुरु भएको र्‍याली भद्ररकाली-त्रिपुरेश्वर-माइतीघर-बबरमहल-बिजुली बजारबाट यूएन पार्कतर्फ मोडिने छ ।

    त्यहाँबाट शान्तिनगर-तिनकुने-कोटेश्वर-जडीबुटी पुगेर पुन: कोटेश्वर-तिनकुने फर्किएर सिनामंगल-एयर्पोर्ट-तिलगंगा-गौशाला-चावहिल-महाराजगंज-सामाखुसी-नयाँ बसपार्क पुग्ने छ ।

    र्‍याली नयाँ बसपार्क पुगेपछि बालाजु-स्वयम्भु हुँदै सितापाइला-कलंकी-बल्खु-कुलेश्वर-कालीकामी-टेकु-त्रिपुरेश्वर भएर रत्नपार्कस्थित खुलामञ्चमा सभामा परिणत हुनेछ ।

    लौरो चुनाव चह्न लिएर स्वतन्त्रबाट उम्मेदवार बनेका बालेन ६१ हजार ७६७ मतका साथ विजयी भएका छन् । उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोल निर्वाचित भएकी छन् ।


    शुक्रवार, जेठ १३ २०७९०९:२९:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij