Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

मिलेर काम गरौँ, काठमाडौं सहरलाई उत्कृष्ट बनाऔँ : बालेन साह

मिलेर काम गरौँ, काठमाडौं सहरलाई उत्कृष्ट बनाऔँ : बालेन साह

  • शुक्रवार, जेठ १३ २०७९

  • 552
    SHARES

  • मिलेर काम गरौँ, काठमाडौं सहरलाई उत्कृष्ट बनाऔँ : बालेन साह

    काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन) ले काठमाडौं सहरलाई विश्वकै उत्कृष्ट बनाउन सबै मिलेर काम गर्नुपर्ने बताएका छन् ।

    आफ्नो जितलाई विजयका रुपमा नभएर काम र नेतृत्वको सुरुवातका रुपमा लिएको भन्दै उनले अब सबै मिलेर अगाडि बढ्नुपर्ने बताएका हुन् ।

    राष्ट्रिय सभा गृहमा महानगरको अन्तिम मत परिणाम घोषणा कार्यक्रममा नवनिर्वाचित मेयर साहले अबका दिनमा भिजन र एजेन्डालाई कार्यान्वयन र सम्पन्न गर्नेतिर लाग्ने प्रतिबद्धता समेत जनाएका छन् ।

    काठमाडौंलाई अबको ५ वर्षमा विश्वकै सुन्दर सहर बनाउने उनको घोषणा छ । साहले काठमाडौंलाई एउटै परिवार ठानेर काम गर्ने पनि बताएका छन् । काठमाडौं महानगरको मेयरमा निर्वाचित साहले ६१ हजार ७ सय ६७ मत प्राप्त गरेका छन् ।

    त्यस्तै, उपमेयरमा नेकपा एमालेकी सुनिता डङ्गोल ६८ हजार ६ सय १२ मत प्राप्त गरी विजयी भएकी छन् ।


    शुक्रवार, जेठ १३ २०७९०९:४७:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij