एजेन्सी । प्रिमियर लिग क्लब पेप ग्वार्डिवलाले अर्को सिजनको प्रिमियर लिग प्रतिस्पर्धात्मक हुने बताएका छन् । यो सिजन सिटीले लिगमा दोस्रो स्थानमा रहेर सकाउनु पर्ने भएको छ । फराकिलो अंकको अन्तरमा लिभरपुलले सात खेल बाँकी रहँदा लिग उपाधि उचाली सकेको थियो ।
लिभरपुल यो सिजन दुई खेलमा पराजित भयो भने दुई खेलमा बराबरी खेल्दै लिगमा शीर्ष स्थानमा छ । ३२ खेल खेलेको लिभरपुल ८६ अंकसहित तालिकाको शीर्ष स्थानमा छ । दोस्रो स्थानको सिटीको ६६ अंक छ । लगातार दुई सिजन लिग उपाधि जितेको सिटी भने यो सिजन कमजो र देखिएको हो ।
“युरोपियन र इङ्ल्यान्डको च्याम्पियन टोलीलाई फराकिलो अन्तरले पराजित गराउन सफल भएकोमा म धेरै खुसी छु । उनीहरु हामीलाई हराउने कुरामा ध्यान दिरहेका थिए भने म उनीहरुलाई कुन उपायबाट हराउन सकिन्छ भन्नेमा लागेको थिएँ,” ग्वार्डिवलाले भने ।