Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

देशले के पायो–के गुमायो भन्ने बारे बहस गरौं : नेता पहाडी

देशले के पायो–के गुमायो भन्ने बारे बहस गरौं : नेता पहाडी

  • आइतवार, जेठ १५ २०७९

  • 646
    SHARES

  • देशले के पायो–के गुमायो भन्ने बारे बहस गरौं : नेता पहाडी

    काठमाडौं । मानवअधिकारवादी नेता कृष्ण पहाडीले गणतन्त्र दिवसको दिन देशले के पायो र के गुमायो भन्ने विषयमा बहस गर्नुपर्ने बताउनुभएको छ ।

    उहाँले आजको दिनमा कुण्ठा त्यागेर देश विकासका लागि सबै राजनीतिक दलले एक ठाउँमा उभिएर गणतन्त्रको प्राप्ति र बाँकी उत्तरदायित्वबारे सोच्नुपर्ने उल्लेख गर्नुभयो ।

    नेपाली रेडियो नेटवर्क – एनआरएन को कार्यक्रम ‘नेपाली बहस’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता पहाडीले भन्नुभयो,“आजको दिन देशको बारेमा गहनरूपमा सोच्नुपर्ने हो, राजनीतिक कुण्ठा त्यागेर दलहरू एक ठाउँमा उभिएर गणतन्त्र रक्षाका लागि लड्नुपर्ने बेला आएको छ ।”

    उहाँले महँगी बढेर जनताको जिविकोपार्जनमा धेरै समस्या आएकाले त्यो नियन्त्रणमा सरकार चुकेको आरोप पनि लगाउनुभएको छ । 


    आइतवार, जेठ १५ २०७९०६:५५:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij