Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

बालेन शाहको घोषणा : काठमाडौंभित्रका होटेलका शौचालयलाई सार्वजनिक प्रयोगमा ल्याइने 

बालेन शाहको घोषणा : काठमाडौंभित्रका होटेलका शौचालयलाई सार्वजनिक प्रयोगमा ल्याइने 

  • सोमवार, जेठ १६ २०७९

  • 2.0K
    SHARES

  • बालेन शाहको घोषणा : काठमाडौंभित्रका होटेलका शौचालयलाई सार्वजनिक प्रयोगमा ल्याइने 
    काठमाडौं । काठमाडौं महानगरपालिकाले नगरभित्रका होटेलहरूका शौचालयहरूलाई पनि सार्वजनिक शौचालयको रुपमा प्रयोग गराउने अवधारणा ल्याएको छ । 
     
    मेयर बालेन शाहले महानगरपालिका भित्र छुट्टै सार्वजनिक शौचालय निर्माण गरेर मात्र आवश्यकताको पूर्ति हुने नदेखिएको भन्दै होटलहरुको प्रयोग गर्ने नीति लिइएको बताउनुभयो । 
     
    यसका लागि पहिलो चरणमा केही होटेल तथा रेष्टुरेन्टहरुसँग आफ्नो कुरा भइसकेको र थप होटेलहरूसँग पनि यसका लागि प्रस्ताव गर्ने उहाँले बताउनुभयो । होटेलको शौचालय प्रयोग गरेबापत सर्वसाधारणले पैसा तिर्नु नपर्ने समेत मेयर शाहले बताउनुभयो । 
     
    सार्वजनिक शौचालयका लागि सहमति दिने होटेललाई महानगरले स्टिकर प्रदान गर्ने र सोका आधारमा सर्वसाधारणले शौचालय प्रयोग गर्न पाउने उहाँले बताउनुभयो । 
     
    निर्वाचन भएपछि आफ्नो घोषणा बमोजिम पहिलो नगरसभाको बैठक लाइभ गर्नुभएका मेयर शाहले महानगरको फोहोर व्यवस्थापन, खानेपानी, ढल निकासी लगायत अन्य सरोकार पक्षमा महानगरले तत्काल एक्सन लिने दाबी गर्नुभएको छ । 


    सोमवार, जेठ १६ २०७९०६:१३:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij