Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

बजेटबारे ओलीको टिप्पणी : अनुचित, सिद्धान्तहीन र प्राथमिकताविहीन

बजेटबारे ओलीको टिप्पणी : अनुचित, सिद्धान्तहीन र प्राथमिकताविहीन

  • सोमवार, जेठ १६ २०७९

  • 603
    SHARES

  • बजेटबारे ओलीको टिप्पणी : अनुचित, सिद्धान्तहीन र प्राथमिकताविहीन
    काठमाडौं ।  प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवम् पार्टी संसदीय दलका नेता केपी शर्मा ओलीले सरकारले अनुचित ढङ्गले आगामी आर्थिक वर्षको बजेट ल्याएको उल्लेख गर्दै त्यसलाई जनताको बिचमा भण्डाफोर गरेर लैजान पार्टीका सांसदहरूलाई निर्देशन दिनुभएको छ । 
     
    सोमबार संसद् भवन नयाँ बानेश्वरमा बसेको संसदीय दलको बैठकमा ओलीले बजेट अनुचित, विना सिद्धान्त र प्राथमिकताको आधारमा आएको भन्दै त्यसको भण्डाफोर हुने गरी जनताको बिचमा लैजान पार्टीका सांसदहरूलाई निर्देशन दिनुभएको हो । 
     
    ‘अध्यक्षले बजेट अनुचित ढङ्गले आएको, सिद्धान्तहीन र प्राथमिकताविहीन ढङ्गले आएकाले त्यसलाई भण्डाफोर गर्न पार्टीका सांसदहरूलाई निर्देशन दिनु भएको छ’, बैठकपछि प्रमुख सचेतक विशाल भट्टराईले भन्नुभयो । 
     
    चुनावमा भोट माग्ने किसिमले सरकारले बजेट ल्याएको, देशको अर्थतन्त्रको यथार्थलाई सम्बोधन गर्न नचाहेको र बजेट हावादारी रहेको निष्कर्ष समेत बैठकले निकालेको छ । बैठकमा अध्यक्ष ओली, पूर्व अर्थमन्त्रीहरू विष्णु पौडेल, सुरेन्द्र पाण्डे, डा. युवराज खतिवडाले बजेटबारे सांसदहरूलाई प्रशिक्षण दिएका छन् ।
     


    सोमवार, जेठ १६ २०७९०८:३६:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij