काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार ९ जनामा संक्रमण पुष्टि भएको हो। ३ हजार ४७ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्।
२ हजार ८५ जनाको पिसिआर र ९ सय ६२ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। यस्तै १३ जना कोरोनामुक्त भएका छन्। अहिले देशभर ९७ सक्रिय संक्रमित छन् भने मृत्यु हुनेको संख्या शून्य छ।