Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

काठमाडौं महानगरले पुराना गाडीलाई 'पूर्वाधार एम्बुलेन्स' बनाउने

काठमाडौं महानगरले पुराना गाडीलाई 'पूर्वाधार एम्बुलेन्स' बनाउने

  • बुधवार, जेठ १८ २०७९

  • 1.2K
    SHARES

  • काठमाडौं महानगरले पुराना गाडीलाई 'पूर्वाधार एम्बुलेन्स' बनाउने

    काठमाडौं । काठमाडौं महानगरपालिकाले पुराना गाडीलाई 'पूर्वाधार एम्बुलेन्स' बनाउने भएको छ।

    महानगरले पूर्वाधार एम्बुलेन्सको लागि नयाँ गाडी खरिद नगरी भएका पुराना गाडीलाई नै प्रयोग गर्न लागेको काठमाडौं महानगरपालिकाका भौतिक पूर्वाधार महाशाखाका प्रमुख रामबहादुर थापाले जानकारी दिनुभएको छ।

    गत सोमबार बसेको नगर कार्यपालिकाको पहिलो बैठकमा महानगरले भौतिक पूर्वाधार एम्बुलेन्स एक साताभित्र सञ्चालन गर्ने निर्णय गरेको थियो।

    ‘महानगरको मातहतमा भएका गाडीलाई नै पूर्वाधार एम्बुलेन्स बनाउने काम भइरहेको हो,’ थापाले भन्नुभयो, ‘अहिले हामीले दुइटा गाडीलाई पूर्वाधार एम्बुलेन्सको रूपमा विकास गर्ने काम गरिरहेका छौं। विस्तारै अरू पनि गर्नेछौं।’

    सञ्चालनमा आउने दुइटा पूर्वाधार एम्बुलेन्समा एक इन्जिनियरसहित ४ जना मजदुरहरूको टोली रहने उहाँले बताउनुभयो।

    उहाँका अनुसार पूर्वाधार एम्बुलेन्समा रहेका मजदुरहरूलाई दैनिक ज्यालादारीमा राखिनेछ। उनीहरूलाई सरकारी दररेटमा राखिने छ।

    सोमबार बसेको बैठकको निर्णयअनुसार नै काम भइरहेको उहाँले बताउनुभयो। पूर्वाधार एम्बुलेन्सले महानगरभित्र कुनै पूर्वाधार बिग्रिएको खण्डमा तुरून्तै मर्मतसम्भार गर्ने बताइएको छ।

     


    बुधवार, जेठ १८ २०७९०५:४५:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij