Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

कोरियन भाषा परीक्षा आजदेखि सुरु, ४३ हजार परीक्षार्थी सहभागी हुने

कोरियन भाषा परीक्षा आजदेखि सुरु, ४३ हजार परीक्षार्थी सहभागी हुने

  • बिहिवार, जेठ १९ २०७९

  • 805
    SHARES

  • कोरियन भाषा परीक्षा आजदेखि सुरु, ४३ हजार परीक्षार्थी सहभागी हुने

    काठमाडौं । कोरियन भाषा परीक्षा आजदेखि सुरु भएको छ। परीक्षा तीन दिन सञ्चालन हुने वैदेशिक रोजगार विभागले जनाएको छ।

    वैदेशिक रोजगार विभागअन्तर्गतको रोजगार अनुमति प्रणाली (ईपीएस) शाखाले कोरिया जानका लागि आवेदन दिएकामध्ये कृषि तथा पशुपालन क्षेत्रको भाषा परीक्षा आजदेखि सञ्चालन गर्न लागेको हो। परीक्षा असार ३ सम्म सञ्चालन हुने छ।

    ललितपुरको भैँसेपाटीस्थित सिबिटी भवनमा ३ सिफ्टमा परीक्षा सञ्चालन हुने छ। पहिलो सिफ्ट बिहान १० बजेदेखि सुरु हुनेछ। त्यसैगरी दोस्रो सिफ्ट बिहान साढे ११ बजे र तेस्रो सिफ्ट दिउँसो २ बजेदेखि सुरु हुने ईपिएस शाखाले जनाएको छ। 

     कृषि तथा पशुपालन क्षेत्रमा रोजगारीका लागि कोरिया जान ४३ हजार भन्दा बढी युवाले आवेदन दिएका छन् । भाषा परीक्षा पास गरेकामध्ये ९ हजार ५ सय १३ जनालाई यसै वर्ष कोरिया पठाउने सरकारको तयारी छ । 


    बिहिवार, जेठ १९ २०७९१०:४९:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij