Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

सुशान्त प्रकरण : अनुसन्धान गर्न सर्वोच्चले दियो सिबिआईलाई आदेश

सुशान्त प्रकरण : अनुसन्धान गर्न सर्वोच्चले दियो सिबिआईलाई आदेश

  • बुधवार, भाद्र ३ २०७७

  • 981
    SHARES

  • सुशान्त प्रकरण : अनुसन्धान गर्न सर्वोच्चले दियो सिबिआईलाई आदेश

    एजेन्सी । बलिउड अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्या प्रकरणको अनुसन्धान गर्न भारतको सर्वोच्च अदालतले सिबिआईलाई आदेश दिएको छ ।

    उनको आत्महत्या प्रकरणमा सिबीआईले अनुसन्धान गर्नुपर्ने माग सुरुदेखि नै उठ्दै आएको छ ।

    तर, महाराष्ट्र सरकारले यस विषयमा सिबीआईको संलग्नता अस्वीकार गर्दै आएको थियो । उक्त प्रकरणमा हाल मुम्बई पुलिसले अनुसन्धान गरिरहेको छ ।

    सुशान्तका बुवा केके सिंहले मुम्बई पुलिसको छानविनप्रति विश्वास नभएको भन्दै सुशान्तकी प्रेमिका भनिएकी रिया चक्रवर्तीविरुद्ध पटना पुलिसमा उजुरी दर्ता गराएका थिए ।

    उनको उजुरीपछि बिहार प्रहरीले उक्त प्रकरण आफूले अनुसन्धान गर्ने भनेपछि मुम्बई पुलिस र बिहार पुलिसबीच विवाद चल्दै आएको थियो ।

    बिहार पुलिसले अनुसन्धान अघि बढाएपछि रिया चक्रवर्तीले पटनामा दर्ता भएको मुद्दालाई मुम्बई ट्रान्सफर गर्नुपर्ने माग गर्दै सर्वोच्चमा निवेदन दिएकी थिइन् ।

    उक्त निवेदनमाथि आज फैसला गर्दै सर्वोच्चले सुशान्त आत्महत्या प्रकरणको अनुसन्धान सिबीआईले गर्ने आदेश दिएको हो ।

    महाराष्ट्र र बिहार दुवै राज्यबीच उक्त प्रकरणलाई लिएर विवाद बढ्दै गएको अवस्थामा अदालतले अनुसन्धानको जिम्मा लिन सिबीआईलाई आदेश दिएको हो ।

    बिहार सरकारले पनि यस प्रकरणमा सिबीआई जाँचको माग गर्दै आएको थियो । अदालतले अनुसन्धानका क्रममा हालसम्म प्राप्त भएका सबै प्रमाण सिबीआईलाई हस्तान्तरण गर्न पनि मुम्बई पुलिसलाई आदेश दिएको छ ।

    गत जुन १४ मा मुम्बईस्थित आफ्नै फ्ल्याटमा सुशान्त मृत फेला परेका थिए ।


    बुधवार, भाद्र ३ २०७७०४:३८:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij