Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

गुल्मीमा पहिरोमा पुरिएर १८ महिनाकी शिशुसहित दुईजनाको मृत्यु

गुल्मीमा पहिरोमा पुरिएर १८ महिनाकी शिशुसहित दुईजनाको मृत्यु

  • शुक्रवार, आषाढ १९ २०७७

  • 1.1K
    SHARES

  • गुल्मीमा पहिरोमा पुरिएर १८ महिनाकी शिशुसहित दुईजनाको मृत्यु

    गुल्मीमा पहिरोमा पुरिएर १८ महिनाकी शिशुसहित दुईजनाको मृत्यु भएको छ । गएरातिदेखि परेको अविरल वर्षाका कारण इस्मा गाउँपालिका हस्तिचौरकी १८ महिनाकी शिशु बसन्ता सारु र सृजना खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक केदारराज पन्तले जानकारी दिनुभयो । पहिरोमा पुरिएर एक जना बेपत्ता भएका छन् ।

    इश्मा गाउँपालिका–४ मा रहेको एक सामुदायिक विद्यालयमा पहिरोले क्षति गरेको छ । उपरीक्षक पन्तका अनुसार पहिरोले कालिका निमाविको नौ वटा कोठा पुरिदिएको छ । उहाँका अनुसार सोही क्षेत्रमा पहिरोका कारण १३ घर परिवार जोखिममा छन् । सडक अवरुद्ध भएका कारण उद्धारका लागि घटना स्थलसम्म पुग्न कठिनाइ भइरहेको छ ।

    यसैगरी , गुल्मीको मुसीकोट नगरपालिका–२ मा पहिरोका कारण दुई घर परिवार विस्थापित भएका छन् । मुसीकोट नगरपालिका–२ राताचौर बस्ने जनक केसीको घर पहिरोले भत्काईदिँदा उनको ५ जनाको परिवार विस्थापित भएका हुन् । यस्तै पहिरोको जोखिमका कारण सोही ठाउँ बस्ने चुमानसिंह बस्नेतको ६ जनाको परिवार विस्थापित भएका छन् ।

    मुसीकोट नगरपालिका–२ हरथोक अम्राहीमा तीन वटा गोठ र खोर बगाउँदा सात वटा भैंसी र ११ वटा बाख्रा बगाएको छ । उपरीक्षक पन्तका अनुसार हरथोक अम्राहीका रामबहादुर सुनारको गोठ पहिरोले बगाउँदा ३ वटा भैँसी र ७ वटा बाख्रा पुरेको छ ।
    यस्तै सोही ठाउँका अर्जुन बहादुर सिंहको गोठ बगाउँदा एउटा भैँसी र ४ वटा बाख्रा र टेकबहादुर कार्कीको ३ वटा भैंसी पुरेको छ ।

    यसैविच , आगामी तीन दिन देशभर पानी पर्ने र केही स्थानमा भारी वर्षा समेत हुने भएकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । मौसमविद गंगा नगरकोटीका अनुसार आज प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ ।

    आज हुने वर्षासँगै नदीहरुमा पानीको बहाव बढ्ने, भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने, ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध छ ।


    शुक्रवार, आषाढ १९ २०७७०१:२०:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij