Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

भुटानमाथि नेपालको सानदार जित 

भुटानमाथि नेपालको सानदार जित 

  • सोमवार, जेठ २३ २०७९

  • 617
    SHARES

  • भुटानमाथि नेपालको सानदार जित 
     
    काठमाडौं । मलेसियामा जारी आईसीसी यू-१९ महिला टी-ट्वान्टी विश्वकप एसिया छनोटमा नेपालले दोस्रो जित निकालेको छ ।
     
    किनरारा ओभलमा सोमबार भुटानलाई ४ विकेटले पराजित गर्दै नेपालले छनोटमा दोस्रो जित निकालेको हो । भुटानले दिएको ६७ रनको लक्ष्य नेपालले १३ ओभर १ बलमा ६ विकेट गुमाएर पूरा गर्‍यो ।
     
    नेपालको जितमा सानु राजवंशीले अविजित रहँदै सर्वाधिक ३० रनको योगदान गरिन् ।  साना प्रविनले १२ रन जोड्दा आश्मा पुलामी मगर ३ तथा किरण कुमारी कुँवर २ रनमा आउट भइन् । 
     
    सृष्टि जैसीले ८ रन  कप्तान कृतिका मरासिनी २ तथा स्नेहा महरा शून्य रनमा आउट भइन् । एलिशा कुमारी यादव २ रनमा अविजित रहिन् ।
     
    भुटानका सांगे वाङ्मोले ३ तथा अन्जुली घली र सोनमले १र१ विकेट लिए ।
     
    त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भुटानले २० ओभरमा ९ विकेट गुमाएर ६६ रन बनाएको थियो । भुटानका लागि कप्तान एन्गावाङ छोडेन र सांगे वाङ्मोले समान ११ रन बनाइन् । पेमा याङ्चेनले ९ तथा छाडो ओमले ६ रन जोडिन । 
     
    नेपालकी कृतिका मरासिनी, अनु खडायत र मनिषा कुमारी उपाध्यायले २र२ विकेट लिए । जितसँगै नेपालले ३ खेलमा ४ अङ्क जोडेको छ । नेपाल अङ्क तालिकाको तेस्रो स्थानमा रहेको छ ।
     
    नेपालले पहिलो खेलमा कतारलाई ७९ रनले हराएको थियो।
     
    तर, दोस्रो खेलमा ८ रनमा अलआउट भएको नेपाल युएईसँग १० पराजित भएको छ । भुटानको यो लगातार तेस्रो हार हो । अङ्क विहीन भुटान पुछारमा रहेको छ ।
     
    छनोटमा नेपालसहित, आयोजक मलेसिया, युएई, थाइल्याण्ड, भुटान र कतारले प्रतिस्पर्धा गरिरहेका छन् । शीर्ष टोलीले दक्षिण अफ्रिकाको टिकट काट्ने छन् ।
     
    अब नेपालले मंगलबार थाइल्याण्ड र बिहीबार मलेसियाविरुद्ध खेल्नेछ ।


    सोमवार, जेठ २३ २०७९०१:५३:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij