Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

असार १ देखि मतदाता नामावली संकलन शुरु हुँदै

असार १ देखि मतदाता नामावली संकलन शुरु हुँदै

  • सोमवार, जेठ २३ २०७९

  • 668
    SHARES

  • असार १ देखि मतदाता नामावली संकलन शुरु हुँदै
    काठमाडौं । निर्वाचन आयोगले असार १ देखि मतदाता नामावली संकलन गर्ने भएको छ।
     
    स्थानीय तह निर्वाचन घोषणा भएपछि २०७८ माघ २५ गते स्थगित भएको मतदाता नामावली संकलन तथा अद्यावधिक असार १ देखि सञ्चालन गर्ने आयोगले आज (सोमबार) विज्ञप्ति निकालेर जानकारी दिएको हो।
     
    स्थानीय तह निर्वाचन २०७९ को मिति घोषणा भएपछि स्थगन भएको मतदाता नामावली संकलन तथा अद्यावधिक कार्य शुरु हुन लागेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । 
     
    यस अवधिमा नागरिकता लिएका र मतदाता नामावली ऐन, २०७३ बमोजिम योग्यता पुगेर नाम दर्ता गर्न छुट भएका सबै नेपाली नागरिकले प्रदेश तथा जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयमा गई आफ्नो नाम दर्ता गराउन सक्ने आयोगले प्रस्ट पारेको छ।
     
    आगामी निर्वाचनमा कोही पनि नछुट्ने गरी आफ्नो नाम दर्ता गर्न तथा विवरण अद्यावधिक गर्न आयोगले सबैमा आग्रह गरेको छ।
     


    सोमवार, जेठ २३ २०७९०८:४७:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij