Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

रामपुरको चण्डीहानमा शहरी स्वास्थ्य केन्द्र स्थापना, गाँडाकोट पुर्ण खोप सुनिश्चितता घोषित

रामपुरको चण्डीहानमा शहरी स्वास्थ्य केन्द्र स्थापना, गाँडाकोट पुर्ण खोप सुनिश्चितता घोषित

  • मंगलवार, जेठ २४ २०७९

  • 970
    SHARES

  • रामपुरको चण्डीहानमा शहरी स्वास्थ्य केन्द्र स्थापना, गाँडाकोट पुर्ण खोप सुनिश्चितता घोषित

    पाल्पा । रामपुर नगरपालिका वडा नम्बर १ को चण्डीहानमा शहरी स्वास्थ्य केन्द्र स्थापना भएको छ । यस्तै वडा नम्बर १ र २ गाँडाकोटलाई पुर्ण खोप सुनिश्चितता घोषणा गरिएको छ ।

    रामपुर नगरपालिकादेखि पुर्व गाडाँकोटको विकट चण्डीहानमा बाक्लो बस्ती र स्वास्थ्य चौकीको दुरी पर भएकाले स्थानीय जनतालाई गाउँमा स्वास्थ्य सेवा दिन चण्डीहानमा शहरी स्वास्थ्य केन्द्रको स्थापना गरेको रामपुर नगरपालिकाले जनाएको छ ।

    साविक गाडाँकोट स्वास्थ्य चौकीले हालको रामपुर नगरपालिकाको वडा नम्बर १ र २ लाई सेवा दिदै आएको छ । रामपुर नगरपालिका र स्थानीय तहको निर्वाचनपछि नागरिकलाई गाउँठाउँमै सहज, सरल र शुलभ सेवा दिने उद्देश्यले स्वास्थ्य संस्था र सेवालाई विस्तार गर्दै लगेको छ । गाँडाकोटका ३ स्वास्थ्य संस्थाबाट सेवा दिदै आएकोमा अहिले चण्डीहानमा समेत शहरी स्वास्थ्य केन्द्र स्थापना गरि ४ संस्थाबाट स्वास्थ्य सेवा दिन थालेको हो ।

    चण्डीहानमा भएको कार्यक्रममा रामपुर नगरपालिकाका नगरप्रमुख रमण बहादुर थापाले शहरी स्वास्थ्य केन्द्रको उद्घाटन गर्नुभयो । साथै नगरप्रमुख थापाले यसबर्ष पनि गाडाँकोटका सबै बच्चाले १५ महिनाभित्रै निर्धारित सबै खोप पुरा गरेकोले वडा नम्बर १ र २ लाई पुर्ण खोप सुनिश्चितता वडा घोषणा गर्नुभएको छ ।

    उहाँले स्वास्थ्य संस्था जन्मिनु ठुलो कुरा नभई यसको दिगो सेवा महत्वपुर्ण बिषय हुने बताउनुभयो । स्वास्थ्यकर्मीको मिठो बोली र व्यबहारले बिरामीको आधा रोग सन्चो भएको आत्मबिश्वास बढ्छ ।

    त्यसैले कति सेवा गर्न सकिन्छ स्वास्थ्यकर्मी चनाखो भएर त्यो गर्नुपर्छ उहाँले भन्नुभयो– यसको रेखदेख र अझ जिम्मेवार र संरक्षण स्थानीयले गरेको खण्डमा सेवा चुस्त दुरुस्त हुनेछ ।

    नगरप्रमुख थापाले निरोगी बच्चा जन्माउन नियमित सचेतनाका कार्यक्रम चलाउन आबश्यक रहेको बताउदै शहरी स्वास्थ्य केन्द्रदेखि गाउँठाउँमा स्वास्थ्य सचेतना दिन महिला स्वास्थ्य स्वयंसेविकाको भुमिका उल्लेख्य रहेको उल्लेख गर्दै महिला स्वास्थ्यस्वयमंसेविकाको थप सेवा र वडा कार्यालय सम्म बाटो पु¥याउन सरकार लागेको बताउनुभयो ।

    रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाले मानव स्वास्थ्य सबैभन्दा महत्वपुर्ण बिषय भएको उल्लेख गर्नुभयो । नगरको बिकट र डाडाँभेगमा शहरी स्वास्थ्य केन्द्र स्थापनाले यहाँका स्थानीयलाई ठुलो मद्धत पु¥याउने बताउनुभयो ।

    कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदीले सेवा लिने भावना जगाउने र सोही अनुसार सेवा स्वाथ्य संस्थाले दिएर विश्वास जित्नुपर्ने बताउनुभयो । सेवा धेरै भए सामाग्री दिन र माग गर्न सकिने र सेवा दिइरहन सहज हुने हुँदा स्थानीयलाई चासो लिन आग्रह गर्दै वडा र नगरको बिकासमा यसले सहयोग पुग्ने बताउनुभयो ।

    वडा नम्बर १ का वडा अध्यक्ष कपिल बहादुर खाणले बस्तीको आबश्यकतालाई महशुस गरि शहरी स्वास्थ्य केन्द्र स्थापित भएको र यसको बिश्वसनीयतामा रहेर सेवा दिनुपर्ने बताउनुभयो ।

    वडा नम्बर २ का वडा अध्यक्ष कृष्ण बहादुर दर्जीले वडा पुर्ण सुनिश्चितता नियमित होस् भन्ने शुभेच्छा व्यक्त गर्नुभयो । ज्ञानमञ्जरी प्राथमिक विद्यालयका प्रध्यानध्यापक दानस मल्लले सरल स्वास्थ्य सेवामा चुस्त हुन आग्रह गर्नुभयो ।

    स्वास्थ्य चौकी गाडाँकोटका प्रमुख मजिबुर रहमान शेखले आवश्यकता अनुरुप गत बैशाख ५ गतेदेखि शहरी स्वास्थ्य केन्द्रबाट अनमी सहित २ जना कर्मचारीबाट सेवा दिइरहेको जानकारी दिनुभयो ।

    पुरानो गाबिस भवनलाई मर्मत गरि स्थापना गरिएको शहरी केन्द्रबाट हाल नियमित खोप सेवा, दैनिक बिरामी जाच, सुरक्षित मातृत्व सेवा, पोषण सेवा तथा एकीकृत बालरोग व्यबस्थापन लगायतका सेवा दिइने र सचेतनालाई प्राथमिकता दिने बताइएको छ ।

    स्वास्थ्य शाखा प्रमुख गिरिराज घिमिरेले स्वागत गर्नुहुदै अहिले नगरमा १६ वटा स्वास्थ्य सस्थाबाट नगरबासीले सेवा पाइरहेको बताउनुभयो । नेपालमा नै पहिलो २०७० सालमा जिल्लालाई पुर्ण खोप जिल्ला घोषणा भएको उल्लेख गर्दै यसको निरन्तरतामा जोड दिएको बताउनुभयो ।

    महिला स्वास्थ्यस्वयंंम्सेविका इन्दिरा केसीले गीतबाट स्वागतग गर्दै निस्वार्थ भावले आमा र बच्चाको सेवामा तल्लिन महिला स्वास्थ्यस्वंयसेविकाको सेवासुविधामा थप हुन सके अझ सेवा प्रभावकारी बन्न सक्नेमा ध्यानाकर्षण गराउनुभयो ।

    पुर्ण खोप समन्वय समितिका संयोजक मित्रलाल कंडेलको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै अध्यक्ष कडेंलले लामो अथक पछि स्थापित शहरी स्वास्थ्य केन्द्र शुरुवात नै भएको र जन्माएको सस्थालाई हुर्काउनले जिम्मेवारी सबैमा आएको बताउनुभयो ।

    गाडाँकोट स्वास्थ्य चौकी सहित गाडाँकोटमा आधारभुत स्वास्थ्य केन्द्र भलायटार , शहरी स्वास्थ्य केन्द्र खयरबोट र शहरी स्वास्थ्य केन्द्र चण्डीहानले वडा नम्बर १ र २ का नागरिकलाई नियमित सेवा दिनेछ । कार्यक्रमको सञ्चालन गाँडाकोट स्वास्थ्यचौकीका प्रमुख मजिबुर रहमान शेखले गर्नुभएको थियो ।


    मंगलवार, जेठ २४ २०७९०९:५४:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij