Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

निजी क्षेत्रलाई उर्जामा लगानी बढाउँदै प्रतिस्पर्धामा आउन उर्जा मन्त्री पुनको आग्रह

निजी क्षेत्रलाई उर्जामा लगानी बढाउँदै प्रतिस्पर्धामा आउन उर्जा मन्त्री पुनको आग्रह

  • बिहिवार, भाद्र ४ २०७७

  • 1.4K
    SHARES

  • निजी क्षेत्रलाई उर्जामा लगानी बढाउँदै प्रतिस्पर्धामा आउन उर्जा मन्त्री पुनको आग्रह

     

    काठमाडौं । उर्जा जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले विद्युत आयोजना निर्माण गर्ने नाममा झोलामा खोला बोक्ने अवस्थाको अन्त गर्ने बताउनु भएको छ । कतिपय नीतिगत समस्याको कारण त्यो अवस्था रहेपनि अब त्यो अवस्था नरहने मन्त्री पुनको धारणा छ ।

    नेपाली रेडियो नेटवर्कको कार्यक्रम अर्थ सम्वादमा पत्रकार टीपी भुसालसंग कुरा गर्दै मन्त्री पुनले अब आउने नयाँ ऐनमा सरकारले निजी क्षेत्रलाई पनि विद्युत उत्पादन तथा वितरणमा समेत सहभागी हुने व्यवस्था सहित झोलामा खोला बोक्ने अवस्थाको अन्त्य हुने बताउनुएको हो ।

    मन्त्री पुनले निजी क्षेत्रलाई उर्जा क्षेत्रमा लगानी बढाउँदै प्रतिस्पर्धामा आउन र उर्जा क्षेत्रमा ढुक्क भएर लगानी गर्न आग्रह गर्नु भयो । मन्त्री पुनले नेपाल विुद्युतमा आत्मनिर्भर बन्ने अवस्थामा पुगिसकेकाले अब आन्तरिक खपत र अन्तरराष्ट्रिय बजारको लागि काम गर्ने बताउनु भयो ।

    उहाँले कोरोनाको कारण विद्युत आयोजनाहरु प्रभावित भएपनि सकेसम्म छिटो सम्पन्न गर्ने तर्फ मन्त्रालय क्रियाशील रहेको बताउनु भयो । नेपाल विद्युत प्राधिकरणले ट्रंक तथा डेडिकेटेडका नाममा उद्योगीहरुसँग विद्युत महशुल उठाउने विषयमा यर्थाथपरक ढंगले समाधानको उपाय निकाल्ने बताउनु भयो ।

    मन्त्री पुनले प्रधिकरणको नयाँ नृतृत्वका बारेमा मन्त्रालयले उचीत समयमा उचीत निर्णय गर्ने बताउनुयो । वर्तमान प्रबन्ध निर्देशक कुलमान घिसिङको कार्यकाल सकिनै लाग्दै गर्दा नयाँ नेतृत्वको चर्चा सवाभाविक भएको बताउदै मन्त्री पुनले यस विषमा आफुले प्रधानमन्त्रीसंग पनि परामर्श गरिरहेको जानकारी दिनुभयो । मन्त्री पुनसँग गरिएको विस्तृत कुराकानी सुन्न यहाँ क्लिक गर्नुस् ।


    बिहिवार, भाद्र ४ २०७७०१:०७:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij