Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

थप १७ जनामा कोरोना संक्रमण, १०९ जना सक्रिय संक्रमित 

थप १७ जनामा कोरोना संक्रमण, १०९ जना सक्रिय संक्रमित 

  • शुक्रवार, जेठ २७ २०७९

  • 665
    SHARES

  • थप १७ जनामा कोरोना संक्रमण, १०९ जना सक्रिय संक्रमित 
    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १७ जना कोभिड १९ संक्रमित थपिएका छन् ।  
     
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ९१५ जनाको पीसीआर परीक्षणमा ७ जना र १ हजार १५५ जनाको एन्टीजेन परीक्षणमा १० जना गरी १७ जनामा संक्रमण पुष्टि भएको हो ।
     
    पछिल्लो २४ घण्टामा कोरोनाबाट ७ जना निको भएका छन् भने कसैको मृत्यु भएको छैन । हाल देशभर १०९ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये १०९ जना होम आइसोलेसनमा रहेका छन् ।
     
    शुक्रबार(आज) थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार ५६४पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ भने ९ लाख ६७ हजार १८१ जना संक्रमणमुक्त भएका छन् ।


    शुक्रवार, जेठ २७ २०७९०४:१९:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij