Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

 एसियन कप छनोट : आज नेपाल कुवेतसँग प्रतिस्पर्धा गर्दै 

 एसियन कप छनोट : आज नेपाल कुवेतसँग प्रतिस्पर्धा गर्दै 

  • शनिवार, जेठ २८ २०७९

  • 701
    SHARES

  •  एसियन कप छनोट : आज नेपाल कुवेतसँग प्रतिस्पर्धा गर्दै 
    काठमाडौं । एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको खेलमा आज नेपालले मुख्य प्रशिक्षक अबदुल्ला अलमुताइरीको देश कुवेतसँग प्रतिस्पर्धा गर्दै छ । 
     
    आयोजकसमेत रहको कुवेतविरुद्ध नेपाल आज प्रतिस्पर्धा गर्दा सुखद नतिजाको पक्षमा हुनेछ । कुवेतको जाबिर अल अहमद स्टेडियममा हुने खेल नेपाली समय अनुसार राति १० बजे सुरु हुनेछ ।
     
    यसअघि बलियो टोली जोर्डनविरुद्ध २–० को पराजय भोगको नेपाल उत्कृष्ट प्रदर्शन गर्ने योजनासहित मैदान उत्रनेछ । नेपाल पहिलो जितको खोजीमा रहेको छ । त्यसका लागि शनिवार अन्तिम अभ्यास गरेको छ ।
     
    आयोजक कुवेत पनि पहिलो जित निकाल्ने योजनामा छ । पहिलो खेलमा कुवेतलाई इण्डोनेसियाले हराएको थियो । छनोटको समूह ‘ए’ मा रहेको नेपाल अंकविहीन रहँदै पुछारमा रहेको छ । 
     
    कुवेत पनि अंकविहीन रहँदै तेस्रो स्थानमा छ । जोर्डन शीर्ष र इन्डोनेसिया दोस्रो स्थानमा छ । छनोट अन्तर्गत नेपालले अन्तिम खेल ३१ जेठमा इन्डोनेसियासँग खेल्नेछ । 
     
    समूहको शीर्ष टोलीले एसियन कपमा स्थान बनाउने छन् । यस्तै उत्कृष्ट हुने दोस्रो टोलीलेसमेत एसियन कप खेल्नेछ ।


    शनिवार, जेठ २८ २०७९०२:१४:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij