Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

उत्तर कोरियामा पहिलो महिला विदेशमन्त्री 

उत्तर कोरियामा पहिलो महिला विदेशमन्त्री 

  • शनिवार, जेठ २८ २०७९

  • 791
    SHARES

  • उत्तर कोरियामा पहिलो महिला विदेशमन्त्री 
    काठमाडौं। उत्तर कोरियामा पहिलोपटक महिलालाई विदेशमन्त्रीमा नियुक्त गरिएको छ । अनुभवी कूटनीतिज्ञ चोए सोन हुइले उत्तर कोरियाको पहिलो महिला विदेशमन्त्री बन्ने मौका पाएकी हुन् ।
     
    यसअघि, उपविदेशमन्त्रीका रूपमा पनि सेवा गरेकी हुइले अहिले रि सोन ग्वोनलाई विस्थापित गरेको अधिकारीहरूले जनाएका छन् ।
     
    कूटनीतिक सेवावाट आएकी हुइले दुईदेशीय वार्ताका क्रममा पनि विगतमा महत्त्वपूर्ण योगदान गरेकी थिइन् । उनलाई अंग्रेजी भाषाको पनि राम्रो ज्ञान छ ।
     
    अमेरिकाका तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्प समेत सहभागी भएको उत्तर कोरिया र अमेरिकी शीर्ष नेताहरूको शिखर बैठकमा पनि उनले महत्त्वपूर्ण भूमिका खेलेकी थिइन् ।
     
    उनले भनिन्, “मलाई लाग्छ, हाम्रो प्रस्तावलाई अस्वीकार गरेर अमेरिकाले सुनौलो अवसर गुमाएको छ ।”
     


    शनिवार, जेठ २८ २०७९०४:३२:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij