Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

वाणिज्य विभागद्वारा चिनीको मूल्य वृद्धिबारे व्यापारीसँग स्पष्टीकरण माग 

वाणिज्य विभागद्वारा चिनीको मूल्य वृद्धिबारे व्यापारीसँग स्पष्टीकरण माग 

  • शुक्रवार, आषाढ ३ २०७९

  • 698
    SHARES

  • वाणिज्य विभागद्वारा चिनीको मूल्य वृद्धिबारे व्यापारीसँग स्पष्टीकरण माग 
    काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चिनीको अस्वाभाविक मूल्य वृद्धिको कारण पेस गर्न व्यापारीलाई निर्देशन दिएको छ ।
     
    भारतले चिनी निर्यातमा रोक लगाएसँगै बजारमा चिनीको मूल्य ह्वात्तै बढेपछि विभागले चिनी उत्पादक तथा व्यापारीलाई बोलाएर मूल्य बढ्नुको कारण सोधेको हो ।
     
    चिनीको मूल्यबारे धेरै गुनासो आएपछि बजारमा चिनीको उपलब्धता र मूल्यबारे जानकारी माग गरेको विभागका महानिर्देशक लिलाप्रसाद शर्माले बताउनुभयो । 
     
    ‘चिनी उत्पादक, साल्ट ट्रेडिङ र खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँग यसबारे छलफल गरेका थियौँ,’ महानिर्देशक शर्माले भन्नुभयो, ‘सरकारी कम्पनीसँग चिनी नभएको पाइयो । निजी क्षेत्रका उत्पादक र व्यापारीले लागत बढेको बताएपछि कारण माग गरेका छौँ ।’
     
    छलफलका क्रममा बजारमा चिनीको अभाव नहुने भए पनि मूल्य बढ्नुको कारण लागत बढ्नु भएको दाबी व्यापारीले गरेको शर्माले बताउनुभयो । 
     
    सरकारी स्वमित्वका निकायसँग चिनी कत्ति पनि नभएको र खरिदको कुनै प्रक्रिया पनि नथालेको पाइएको विभागले जनाएको छ । केही दिन अघिसम्म ९५ रुपैयाँ किलो रहेको चिनीको बजार मूल्य प्रतिकिलो ११० रुपैयाँसम्म पुर्‍याइएको छ ।
     
     


    शुक्रवार, आषाढ ३ २०७९०३:४३:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij