Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

एसपीपी नेपालको हितमा छैन, स्विकार गर्न हुँदैन : युवराज ज्ञवाली

एसपीपी नेपालको हितमा छैन, स्विकार गर्न हुँदैन : युवराज ज्ञवाली

  • शनिवार, आषाढ ४ २०७९

  • 585
    SHARES

  • एसपीपी नेपालको हितमा छैन, स्विकार गर्न हुँदैन : युवराज ज्ञवाली

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) नेपालको हितमा नरहेको र यो सम्झौता घातक भएको बताउनुभएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उपाध्यक्ष ज्ञवालीले कहिले र कस्ले कुलबेला सम्झौताको विषयमा पत्र लेखे भन्ने कुरा प्रस्ट हुनुपर्ने र यसमा अलमलिनुपर्ने आवश्यकता नरहेको पनि बताउनुभएको छ ।


    ओलीकै पालामा सम्झौता भएको खबरको बारेमा ज्ञवालीले भन्नुभयो, ओली भर्खरै प्रधानमन्त्री भएर आएको १५/१६ दिन भएको थियो, यसबारेमा शायद कुराकानी पहिल्यैदेखि चलिरहेको थियो तर कहिलेदेखि हो त्यो थाहा भएन । हस्ताक्षर गरेर, त्यसबोला सेनाले पत्र पठाएको भन्ने जुन आएको छ त्यसबारेमा हामीलाई केहि जानकारी भएन, जानकारी नदिई आएको हो । मेरो सहमती र जानकारी छैन भनेर हाम्रो अध्यक्ष (केपी शर्मा ओली) ले बोसिक्नुभएको छ ।’

    केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्प कमल दाहाल प्रचण्डकै संलग्नता देखिएको भन्ने कुराहरु आइरहेको भन्ने प्रश्नमा उपाध्यक्ष ज्ञवालीले जो–जो दोषी देखिए पनि, ज–जस्को पालामा लेखिए पनि अब कार्यान्वयन गर्न हुन्न र स्विकार गर्न सक्दैनौं भनेर अमेरिकी सरकारलाई स्पष्ट पार्नुपर्ने र यसलाई अस्विकार गर्नुबाहेक विकल्प नरहेको उहाँको भनाइ छ ।

    नेपालले आवश्यक छैन भनेर अस्विकार गरिसकेपछि अमेरिकाले दवाव दिन पनि नमिल्ने र कसैको दवाव मान्न पनि आवश्यक पनि नभएको उपाध्यक्ष ज्ञवालीको तर्क रहेको छ । यस्तै उहाँले अब एकअर्कालाई आरोपप्रत्यारोप गर्नुभन्दा पनि सबै मिलेर एसपीपीलाई अस्विकार गर्न तर्फ लाग्नुपर्नेमा जोड दिनुभयो ।




    शनिवार, आषाढ ४ २०७९०७:२९:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij