Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

अफ्रिकीको बोत्स्वानामा दुई महिनाको अवधिमा सयौं हात्तीको मृत्यु

अफ्रिकीको बोत्स्वानामा दुई महिनाको अवधिमा सयौं हात्तीको मृत्यु

  • शुक्रवार, आषाढ १९ २०७७

  • 745
    SHARES

  • अफ्रिकीको बोत्स्वानामा दुई महिनाको अवधिमा सयौं हात्तीको मृत्यु

    अफ्रिकी मुलुक बोत्स्वानामा विगत दुई महिनाको अवधिमा सयौं हात्तीहरु मरेको फेला परेपछि त्यसको कारण खोजी भइरहेको छ । दुई महिनाको बीचमा मात्रै ओकाभान्गो डेल्टा क्षेत्रमा ३५० भन्दा बढी मृत हात्तीहरु भेटिएको अधिकारीहरुले बताएका छन् । रहस्यमय तरिकाले मरेका हात्तीहरुको बारेमा गम्भिर अनुसन्धान गरिरहेको त्यहाँको सरकारले जनाएको छ ।

    मरेका हात्तीहरुको प्रयोगशालामा परीक्षण भइरहेको र केहि हप्ता भित्रै कारण थाहा हुने अधिकारीहरुको भनाइ छ । अफ्रिका महादेशमै हात्तीहरुकफ तेस्रो ठूलो वासस्थान रहेको बोत्स्वानामा केहि समय यता हात्तीको संख्यामा पनि निरन्तर ओरालो लागिरहेको छ ।

    शुरुमा दिनहरुमा चोरी शिकार गर्नेहरुले दाह्राका लागि हात्ती मार्ने गरेको पाइएपनि पछिल्लो समय मृत फेला परेका सबै हात्तीको दाह्रा र शरीरका अन्य बाहिरी भागमा कुनै क्षति पुगेको नदेखिएको बताइएको छ ।

    सुख्खा मौसमका कारण मरेको अनुमान गरिएको भएपनि हालैका दिनमा त्यस्तो अवस्था देखिएको छैन् । संरक्षणविद्हरुले मानिसमा देखिएको कोभिड–१९ महामारी उनीहरुले प्रयोग गरेका पानीका स्रोत र खाद्यान्नहरुबाट जनावरमा पनि सरेको हुनसक्ने संभावनालाई पनि नकार्न नसकिने बताएका छन् । तर यो संभावनाको पनि अनुसन्धान भने भएको छैन् ।


    शुक्रवार, आषाढ १९ २०७७०२:२३:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij