Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

राणा विरुद्धको महाअभियोग तत्काल अगाडि बढाउन बारको माग, दवाव दिने तयारी

राणा विरुद्धको महाअभियोग तत्काल अगाडि बढाउन बारको माग, दवाव दिने तयारी

  • आइतवार, आषाढ ५ २०७९

  • 680
    SHARES

  • राणा विरुद्धको महाअभियोग तत्काल अगाडि बढाउन बारको माग, दवाव दिने तयारी


    काठमाडौं । नेपाल वार एसोसिएसनले प्रधानन्यायाधिश चोलेन्द्र शमशेर राणा विरुद्धको महाअभियोग प्रक्रियालाई तत्काल अगाडि बढाउन माग गरेको छ ।

    एसोसिएसनका देशभरका इकाइ प्रतिनिधिहरुले महाअभियोग अगाडि बढाउन सरोकारवालाहरुलाई दवाव सृजना गर्नुपर्नेमा जोड दिएका छन् ।
    इकाइ प्रतिनिधिहरुको सुझावका आधारमा एसोसिएसनले सरकार र दलका प्रतिनिधिहरुसँगै सभामुखलाई पनि तत्काल भेटेर दवाव दिने तयारी गरेको एसोसिएसनका केन्द्रीय अध्यक्ष गोपालकृष्ण घिमिरे जानकारी दिनुभयो ।

    एसोसिएसनकै दवावमा महाअभियोग दर्ता गरिएकाले त्यसलाई टुंगोमा पुर्याउन पनि वारकै थप दवावको आवश्यकता खड्कीएको उहाँले बताउनु भयो । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँगको कुराकानीका क्रममा बार अध्यक्ष घिमिरेले भन्नुभयो, “महाअभियोग लगाउनु पर्ने हाम्रो माग हो, त्यही अनुसार दर्ता त भयो, अव टुंगोमा पुर्याउन पनि दवाव दिनु पर्ने देखिएको छ, हामी चाडै नै दवाव दिन्छौँ ।”

    न्यायीक क्षेत्रको विक्रिती न्युनिकरणका लागि र आगामी दिनमा त्यस्ता विक्रिती थप नबढुन भन्ने उद्धेश्यले महाअभियोग लगाउनु परेको पनि उहाँले दावी गर्नुभयो । महाअभियोलाई अल्पत्र नपार्न नहुनेमा जोड दिदै उहाँले न्यायीक सुधारको पक्षमा रहेका सबैले यस बारेमा चासो दिनुपर्ने बताउनुभयो ।


    आइतवार, आषाढ ५ २०७९०८:०३:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij