Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

आज पनि धेरै ठाउँमा पानी पर्ने

आज पनि धेरै ठाउँमा पानी पर्ने

  • आइतवार, आषाढ ५ २०७९

  • 917
    SHARES

  • आज पनि धेरै ठाउँमा पानी पर्ने

    काठमाडौं । आज देशका धेरै ठाउँमा पानी पर्ने भएकाले बाढी र पहिरोको जोखिम रहेको छ ।

    विशेषगरी प्रदेश १, मधेश, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    पानी परेसँगै यी प्रदेशका पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको भन्दै महाशाखाले सतर्कता अपनाउन सबैसँग अनुरोध गरेको छ ।

    हाल प्रदेश १, मधेश, बागमती, र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव र अन्य प्रदेशका पहाडी भूभागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व–पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ । यसकै कारणले रातिदेखि नै धेरै ठाउँमा पानी परिरहेको महाशाखाले जनाएको छ ।


    आइतवार, आषाढ ५ २०७९०९:२२:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij