Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

बजेट निर्माणको अन्तिम रातको सिसीटिभी फुटेज देखाइनुपर्छ : लालबाबु पण्डित

बजेट निर्माणको अन्तिम रातको सिसीटिभी फुटेज देखाइनुपर्छ : लालबाबु पण्डित

‘पोल खुले अर्थमन्त्री जेल जानुपर्छ, प्रधानमन्त्रीले नैतिक जिम्मेवारी लिनुपर्छ’
  • सोमवार, आषाढ ६ २०७९

  • 737
    SHARES

  • बजेट निर्माणको अन्तिम रातको सिसीटिभी फुटेज देखाइनुपर्छ : लालबाबु पण्डित

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेका नेता लालबाबु पण्डितले बजेट निर्माणको अन्तिम रात अनधिकृत व्यक्तिको प्रवेश छैन भन्ने पुष्टि गरे बजेट इमानदारीपूर्वक ल्याएको भनेर स्विकार गर्ने बताउनुभएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता पण्डितले भन्नुभयो, ‘यदि बाहिर उठेका प्रश्न गलत हुन् भने बजेट निमार्णको अन्तिम रातको छलफलमा को–को संलग्न थिए भन्ने सिसीटिभी भिडियो प्रधानमन्त्री, प्रतिनिधिसभाका सभामुख र एमालेका एकजना प्रतिनिधि बसेर हेर्दिनुस्, अनधिकृत व्यक्ति होइन रहेछ भने नेकपा एमालेले यी उठेका प्रश्नहरु राजश्वको दर परिवर्तनसँग जोडिएर अनधिकृत व्यक्तिको प्रवेश रहेनछ, इमानदारीपूर्वक भएको रहेछ भनेर स्विकार गर्छ ।’

    सिसीटिभीमा अपराध गर्ने अपराधी, अनधिकृत व्यक्ति, गैर नागरिकको प्रवेश भएकाले आर्थिक चलखेल भएका कुरा बाहिर आउने डरले सार्वजनिक गर्न नमानेको पनि नेता पण्डितको आरोप छ ।

    बजेट निर्माणको अन्तिम रातको सिसीटीभीमा भएका कुराहरुको पोल खुलेपछि अर्थमन्त्रीले राजिनामा दिनुपर्ने अवस्था आउन सक्ने र जेल सम्मै जानुपर्ने भएको बताउँदै नेता पण्डितले प्रधानमन्त्रीले नैतिक जिम्मेवारी लिनुपर्छ जस्ले गर्दा सरकार अफ्ठेरोमा जान्छ यीनै कारणले डराएर सिसीटिभीका फुटेज नदेखाएको आरोप लगाउनुभयो ।

    बजेट निमार्णको प्रक्रियामा चित्त बुझ्दो जवाफ नआएसम्म एमालेले प्रश्न गरिरहने पनि उहाँको भनाइ छ । जहिल्यैसम्म अर्थमन्त्री संसद्मा रहनुहुन्छ तवसम्म उहाँका सम्पूर्ण कार्यक्रम बहिस्कार गर्ने पनि नेता पण्डितको दाबी छ ।


    सोमवार, आषाढ ६ २०७९०८:०६:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij