अमेरिकाको राष्ट्रपति चुनावका लागि डेमोक्र्याटिक पार्टीका तर्फबाट औपचारिक रुपमा उम्मेदवारी पाएका जो बिडेनले वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा अन्धकार ल्याएको आरोप लगाएका छन् ।
डेमोक्र्र्याटिक पार्टीको राष्ट्रिय सम्मेलनको चौथो दिन शुक्रबार आफ्नो सम्बोधनका क्रममा बिइडेनले अबको चुनाव अन्धकार अन्त्यका लागि गरिने बताएका हुन् ।
पूर्वउपराष्ट्रपतिसमेत रहेका बिडेनले राष्ट्रपति ट्रम्पले अमेरिकामा अति धेरै आक्रोश, त्रास र विभाजन निम्त्याएको बताए ।
नोभेम्बर ३ मा हुने चुनावमा बिडेनले ७४ वर्षका रिपब्लिकन राष्ट्रपति ट्रम्पको सामना गर्ने छन् । पछिल्लो झण्डै चार वर्षमा अमेरिकाले इतिहासमा सबैभन्दा खराब समय र अन्धकारको सामना गरेको बताउँदै बिडेनले आफू अध्यारोको नभइ उज्यालोको सारथी रहेको बताएका छन् ।