Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

माओवादीले विदेशबाट फर्किएकालाई समेट्न छुट्टै संगठन बनाउने

माओवादीले विदेशबाट फर्किएकालाई समेट्न छुट्टै संगठन बनाउने

  • मंगलवार, आषाढ ७ २०७९

  • 512
    SHARES

  • माओवादीले विदेशबाट फर्किएकालाई समेट्न छुट्टै संगठन बनाउने
    काठमाडौं । विदेशमा बसेर फर्किएकाहरूलाई समेट्न नेकपा माओवादी केन्द्रले छुट्टै संगठन बनाउने भएको छ ।
     
    विदेशबाट फर्केर आउनेहरू ठूलो सङ्ख्यामा रहेकाले उनीहरूलाई पनि समेट्न आवश्यक ठानेर छुट्टै संगठन बनाउन खोजिएको माओवादी केन्द्रको केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिनुभयो । 
     
    नेकपा एमालेले विदेशबाट फर्कनेहरूलाई समेट्न रिटर्नी फेडेरेशन गठन गरेको छ । उपाध्यायले नाम कस्तो राख्ने र संरचना कस्तो हुने भन्नेबारे अहिले केही निर्णय नभएको भए पनि १५ गते बस्न लागेको केन्द्रीय समिति बैठकमा त्यस सम्बन्धी प्रस्ताव पेस हुने बताउनुभयो । 
     
    ‘विदेशबाट फर्कनेको ठूलो संख्या भएकाले त्यसलाई समेट्नुपर्ने आवश्यकता नेताहरूले महसुस गर्नु भएको छ,’उपाध्यायले भन्नुभयो, ‘यस सम्बन्धी ठोस प्रस्ताव केन्द्रीय समितिमा पेस भएर निर्णय हुन्छ।’
     
    लामो समय विदेशमा बसेर आएकाहरूको साङ्गठनिक आबद्धता टुटिसकेको हुनाले त्यसलाई फेरि जोड्न पनि त्यस्तो संगठन आवश्यक रहने माओवादी नेताहरूको भनाइ छ ।
     
    संगठनको नेतृत्वको जिम्मा लामो समय विदेशमा रहेर आएका नेताहरूलाई दिने माओवादीको तयारी छ ।


    मंगलवार, आषाढ ७ २०७९०७:४०:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij