Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

न्यायाधीशले घुस डिल गरेको अडियो प्रकरणमा नेपाल बारको ध्यानाकर्षण

न्यायाधीशले घुस डिल गरेको अडियो प्रकरणमा नेपाल बारको ध्यानाकर्षण

आधिकारिकता छानबिन गर्न माग
  • बुधवार, आषाढ ८ २०७९

  • 654
    SHARES

  • न्यायाधीशले घुस डिल गरेको अडियो प्रकरणमा नेपाल बारको ध्यानाकर्षण

    काठमाडौं । नेपाल बार एसोसिएसनले न्यायाधीश घुस प्रकरणले नागरिकको अन्तिम विश्वास रहेको न्यायपालिकाको छवि धुमिल पार्ने काम भएको भन्दै निन्दा गरेको छ । बारले बुधबार(आज) विज्ञप्ति जारी गरी न्यायाधीश, कर्मचारी र कानुन व्यवसायीबाट भएको भनिएको त्यस्तो कार्यप्रति निन्दा गरेको हो ।

    “न्यायपालिकाको शुद्धीकरण र सुदृढीकरणको निम्ति यस एसोसिएसनले सदैव पहरेदारी गरी आएको सन्दर्भमा काठमाडौं जिल्ला अदालतका मा. न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्रप्रसाद पोखरेलबीचमा ई. इच्छाराज तामाङलाई धरौटीमा छुटाउनको लागि मोलमोलाइ गरिएको अडियो भनी मिति २०७९/०३/०७ गते राति ‘सिधा कुरा जनतासँग’मा प्रसारित अडियो समाचारका सम्बन्धमा यस नेपाल बार एसोसिएसनको गम्भीर ध्यानाकर्षण भएको छ,” विज्ञप्तिमा भनिएको छ, “नागरिकको आस्था र धरोहरको अन्तिम केन्द्रको रूपमा रहेको न्यायपालिकाको साख श्रीवृद्धिमा मुख्य भूमिका निर्वाह गर्ने न्यायाधीश, कर्मचारी तथा कानुन व्यवसायीहरूबाटै यस्ता किसिमका अवाञ्छित, अमर्यादित र अनुचित कार्यहरूको नेपाल बार एसोसिएसन घोर निन्दा गर्दछ ।”

    बारले समाचारमा आएको अडियोका सन्दर्भमा आधिकारिकता छानबिन गर्न पनि माग गरेको छ ।

    nepal bar bigyapti.jpg


    बुधवार, आषाढ ८ २०७९०३:२६:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij