Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images
घुस अडियो प्रकरण

प्रधानन्यायाधीशकै आडमा भ्रष्टाचार : वरिष्ठ अधिवक्ता त्रिपाठी

प्रधानन्यायाधीशकै आडमा भ्रष्टाचार : वरिष्ठ अधिवक्ता त्रिपाठी

  • बिहिवार, आषाढ ९ २०७९

  • 885
    SHARES

  • प्रधानन्यायाधीशकै आडमा भ्रष्टाचार  : वरिष्ठ अधिवक्ता त्रिपाठी

    काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले न्यायलयमा विकृती बढ्नु दुर्भाग्यपूर्ण भएको बताउनुभएको छ । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै अधिवक्ता त्रीपाठीले कानुनव्यवसायीहरुले गरेको आन्दोलनको प्रत्यक्ष प्रमाण भेटिएको दाबी गर्नुभयो ।

    त्रीपाठीले भन्नुभयो, ‘चोलेन्द्र शमशेर राणाले जसरी भ्रष्टाचारलाई न्यायपालिकाभित्र संस्थागत गर्नुभएको थियो, बिचौलिया तन्त्र स्थापित गर्नुभएको थियो, त्यसलाई वैचारिक गर्नुभएको थियो । केहि कानुन व्यवसायी र न्यायाधीशहरु पनि परिचालित गर्नुभएको थियो । न्यायपालिकाभित्र सरकारको कुसंस्कृतलाई गर्दै हुनुहुन्थ्यो, अहिलेको अडियो वार्तालापमा पनि त्यो झल्किएको छ । प्रधानन्यायाधीशकै आडमा भ्रष्टाचार गरेको सार्वजनिक अडियोबाट स्पष्टरुपमा देखिन्छ र कानुनव्यवसायीले लामोसमय गरेको आन्दोलन न्यायोचित भएको छ ।’

    संसद्मा दायर भएको महाअभियोगको प्रस्तावलाई तत्काल अगाडि बढाइनुपर्ने माग गर्दै अधिवक्ता त्रीपाठीले अहिलेको अडियो थप प्रमाण पुष्टि भएको बताउनुभएको छ ।

    सार्वजनिक घुस प्रकरण अडियोबाट न्यायपरिषद्को कार्यप्रभावकारी नदेखिएको र बताउँदै अधिवक्ता त्रीपाठीले न्यायपालिकामा मौलाइरहेको भ्रष्टचारलाई सम्बोधन र निराकरण गर्न नसकेको बताउनुभयो ।

     


    बिहिवार, आषाढ ९ २०७९०७:३०:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij