Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

अमेरिकाको क्यालिफोर्नियामा डढेलोका कारण ६ जनाको मृत्यु, दशौँ हजार बिस्थापित

अमेरिकाको क्यालिफोर्नियामा डढेलोका कारण ६ जनाको मृत्यु, दशौँ हजार बिस्थापित

  • शनिवार, भाद्र ६ २०७७

  • 1.7K
    SHARES

  • अमेरिकाको क्यालिफोर्नियामा डढेलोका कारण ६ जनाको मृत्यु, दशौँ हजार बिस्थापित

    एजेन्सी ।  अमेरिकाको क्यालिफोर्नियामा डढेलोका कारण ६ जनाको ज्यान गएको छ ।

    क्यालिफोर्नियामा फैलिएको डढेलोका कारण अमेरिकाको पश्चिमी क्षेत्रको वायुमा धुवाँको मात्रा अधिक भएको छ ।क्यालिफोर्नियाको पहाडी क्षेत्रदेखि सन फ्रान्सेस्कोको दक्षिण तथा पश्चिमसम्म सयौँ स्थानमा डढेलो फैलिएको छ।

    आगलागीका कारण तातो हावा चल्दा जनजीवन थप प्रभावित भएको छ । अहिलेसम्म सयौँ भवनहरु जलेका छन्, हजारौँ भवनहरु जोखिममा आएका छन् ।

    शुक्रबारसम्म अघिल्लो दिनको तुलनामा केही डढेलोको आधार दोब्बर भएको आपतकालीन सेवाका अधिकारीले बताएका छन् । डढेलोबाट जोगिनका लागि एक लाख ७५ हजार भन्दा बढी मानिस बिस्थापित भएका छन् ।

    डढेलो नियन्त्रणका लागि १० हजार भन्दा बढी अग्नि नियन्त्रक खटिएका छन् ।


    शनिवार, भाद्र ६ २०७७०६:४५:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij