Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

वरिष्ठ नेता पौडेल भन्छन् –सबै सिट गठबन्धनलाई दिएर कांग्रेस वनबास जाने

वरिष्ठ नेता पौडेल भन्छन् –सबै सिट गठबन्धनलाई दिएर कांग्रेस वनबास जाने

'हैसियत हेरेर उम्मेदवार टुंग्याइने'
  • आइतवार, आषाढ १२ २०७९

  • 1.6K
    SHARES

  • वरिष्ठ नेता पौडेल भन्छन् –सबै सिट गठबन्धनलाई दिएर कांग्रेस वनबास जाने

    काठमाडौं । नेपाली कांग्रेससका वरिष्ठ नेता रामचन्द्र पौडेलले संघ र प्रदेशको निर्वाचनमा हैसियत र क्षमता हेरेर मात्रै सिट बाँडफाँट गरिने बताउनुभएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता पौडेलले भन्नुभयो, ‘पार्टीहरुको महत्व आ–आफ्नो ठाउँमा छ । कहाँ कस्को सम्भावना छ त्यहि हेरेर चुनावमा भागबण्डा हुनुपर्छ । आ–आफ्नो हैसियत र क्षमता हेरेर दाबी गरेर र चुनावमा जित्नुपर्छ । गठबन्धनमा आवद्ध दल माओवादी केन्द्रले ६० सिट, नेकपा एसले ४० सिट मागेको प्रसंगमा वरिष्ठ नेता पौडेलले सबै सिट बाँडेर कांग्रेस वनबास जाने भन्दै प्रश्न समेत गर्नुभएको छ ।

    देशभरको आँकल गरेर कहाँ कस्को जित्ने सम्भावना छ, हैसियत र क्षमता कस्तो छ भन्ने हेरेर, बुझेर मात्रै आगामी चुनावमा सिट बाँडफाँट र उम्मेदवार तय गर्नुपर्ने उहाँले दोहोर्‍याउनुभयो ।

    वरिष्ठ नेता पौडेलले स्थानीय निर्वाचनको समिक्षा गर्दै कमिकमजोरीलाई ध्यानमा राखेर अबको निर्वाचनलाई थप व्यवस्थित बनाएर जानेतर्फ पनि जोड दिनुभयो ।

    ‘गएको निर्वाचनमा गठबन्धन व्यवस्थित भएको भए एक/डेढ सय सिट अरु बढ्ने थिए । अबको चुनावमा गठबन्धन व्यवस्थित भयो भने दुई तिहाइ बहुमत अवश्य आउछ, ’ उहाँले भन्नुभयो ।

    यस्तै वरिष्ठ नेता पौडेलले समाजवादीभित्रैका विभिन्न समस्या, बजेटमाथिको छलफललगायतका कारण मन्त्रीमा सिफारिस नामलाई सपथ गराउन केहि ढिलाइ भएको स्पष्ट पार्नुभयो ।


    आइतवार, आषाढ १२ २०७९०७:१३:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij