Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

उद्योगी-व्यवसायीले सरकारका गलत कदम र बजेटको आलोचना गरेनन् : ओली

उद्योगी-व्यवसायीले सरकारका गलत कदम र बजेटको आलोचना गरेनन् : ओली

  • आइतवार, आषाढ १२ २०७९

  • 657
    SHARES

  • उद्योगी-व्यवसायीले सरकारका गलत कदम र बजेटको आलोचना गरेनन् : ओली
    काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले ढाँड सेक्नेगरी सरकारले बजेट ल्याउँदा पनि उद्योगी, व्यवसायीको आलोचना गर्न नसकेको बताउनुभएको छ । 
     
    नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ लगायतका संगठनहरूले बजेटको आलोचना र विरोध गर्न नसकेको भन्दै उहाँले आलोचना गर्नुभएको हो । 
     
    ‘बजेटमा एकदम बेठिक ढंगका क्रियाकलाप भएका छन् भने ती कुराको उद्योगी–व्यवसायीको हकहितमा खुलेका सङ्गठनले आलोचना गर्नुपर्छ,’ उहाँले भन्नुभयो, ‘त्यसको आलोचना समुचित ढंगले गर्नुपर्ने थियो। तर, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ लगायत सङ्गठनले आलोचना गरेको देखिएन।’
     
    उहाँले आफ्नो हितमा आफूले नबोले अरू नबोल्ने भन्दै उद्योगी–व्यवसायीलाई बोल्न आग्रह गर्नुभयो । 
     
    उहाँले एक–दुई जना व्यापारी घरानीयालाई हेरेर ल्याएको बजेटले समग्र राष्ट्रिय उद्योग(व्यापारको हित गर्न नसक्ने पनि बताउनुभयो । 
     


    आइतवार, आषाढ १२ २०७९०८:३४:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij