Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

सरोकारका एजेण्डाले संसदमा प्रवेश नपाएका कारण सांसदको आकर्षण कम : विशाल भट्टराई

सरोकारका एजेण्डाले संसदमा प्रवेश नपाएका कारण सांसदको आकर्षण कम : विशाल भट्टराई

  • सोमवार, आषाढ १३ २०७९

  • 680
    SHARES

  • सरोकारका एजेण्डाले संसदमा प्रवेश नपाएका कारण सांसदको आकर्षण कम : विशाल भट्टराई

    काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले जनताको सर्वाधिक सरोकारका एजेण्डाले संसदमा प्रवेश नपाएका कारण बैठकमा सांसदको आकर्षण कम भएको र सहभागिता पनि कम भएको बताउनुभएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता भट्टराईले यसका लागि सरकारले विशेषगरेर कानुन मन्त्रालयको तर्फबाट पहलकदमी लिएर जनताका दैनिक सरोकार र महत्वपूर्ण विषयहरु छलफलमा ल्यायो भने महत्व बढ्ने र बैठकमा पनि सांसदको उपस्थिती बढ्ने बताउनुभयो ।

    अहिले बर्खायाम भएकाले पनि सांसदहरु आ–आफ्नो गाउँमा खेतीपातीमा व्यस्त हुनेभएकाले पनि उपस्थिती कम देखिएको नेता भट्टराईको भनाइ छ ।

    नेता भट्टराईले भन्नुभयो, संसद्लाई जनताको समस्या मुखरित हुने थलो, आकर्षणको केन्द्र बनाउनका लागि सत्तापक्षका तर्फबाट जुन किसिमका एजेण्डा आउनुपर्ने हो ती एजेण्डा नआएका कारण पनि यस्तो भइरहेको छ । पटक–पटक कानुनमन्त्री र कार्यव्यवस्थामा पनि कर्मचारीहरुसँग एजेण्डाहरु ल्याइदिनपर्‍यो, नागरिकता विद्येयक त्यत्तिकै छ ल्याउनुपर्‍यो, लाखौ मानिसहरु नागरिकताबाट बञ्चित छन् भनेर बारम्बार भनिरहेका छौँ ।’

    संसद्लाई सांसदको व्यापक रुपमा उपस्थिती हुने र बहस गर्ने थलोका रुपमा विकाश गर्नपर्छ भनेर आफूहरुले भनिरहेको पनि नेता भट्टराईकोे भनाइ छ ।

    पार्टी अध्यक्ष केपी शर्मा ओलीको पनि संसद्मा कम उपस्थिीत रहेको छ भन्ने प्रसंगमा नेता भट्टराईले ओलीको बचाउ गर्दै सिंगो पार्टीको काम गर्ने भएकाले कम भएको होला तर सत्तापक्षकै तर्फबाट प्रधानमन्त्री जवाफ दिने दिनसम्म पनि उपस्थिती हुनुहुन्न भन्दै टिप्पणी गर्नुभयो ।


    सोमवार, आषाढ १३ २०७९०७:५०:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij