Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

सागका पदक विजेता खेलाडीको पुरस्कार रकम सुदूरपश्चिम प्रदेश सरकारले अर्को साताभित्र खेलाडीकै बैंक खातामा पठाउने

सागका पदक विजेता खेलाडीको पुरस्कार रकम सुदूरपश्चिम प्रदेश सरकारले अर्को साताभित्र खेलाडीकै बैंक खातामा पठाउने

  • शुक्रवार, आषाढ १९ २०७७

  • 827
    SHARES

  • सागका पदक विजेता खेलाडीको पुरस्कार रकम सुदूरपश्चिम प्रदेश सरकारले अर्को साताभित्र खेलाडीकै बैंक खातामा पठाउने

    काठमाडौं । घरेलु भूमिमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता खेलाडीको पुरस्कार रकम सुदूरपश्चिम प्रदेश सरकारले अर्को साताभित्र खेलाडीकै बैंक खातामा पठाउने भएको छ ।

    विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण कार्यक्रम आयोजना गर्न सम्भव नभएपछि खेलाडीको बैंक खातामा पुरस्कार रकम पठाउने निर्णय भएको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले जानकारी दिए ।

    चालु आर्थिक वर्ष सकिनै लागेको र छिट्टै महामारी न्यूनीकरण हुने संकेत नदेखिएकाले प्रदेश सरकारले खेलाडीको बैंक खातामै रकम पठाउने निर्णय गरेको उनले बताए । यसका लागि केही साताअघि प्रदेश सरकारले खेलाडीको विवरण माग गरेको थियो ।

    खेलाडीको विवरण आउने बित्तिकै पदकअनुसार रकम सिधै उनीहरूको बैंक खातामा पठाइने मन्त्रालयका सूचना अधिकारी खड्काले बताए ।

    हालसम्म धेरै जसो खेलाडीको विवरण आइसकेको र केही खेलाडीको मात्र विवरण आउन बाँकी रहेको उनले जानकारी दिए । गत पुस १ गते बसेको मन्त्री परिषद्को बैठकले सागमा स्वर्ण, रजत र कास्य पदक विजेता खेलाडीलाई नगदसहित सम्मान गर्ने निर्णय गरेको थियो ।

    मन्त्री परिषद्को बैठकले सागमा दुई वा दुईभन्दा बढी स्वर्ण पदक विजेता खेलाडीलाई जनही २ लाख, एक स्वर्ण जित्ने खेलाडीलाई १ लाख ५० हजार, रजत विजेता खेलाडीलाई १ लाख र कास्य पदक विजेता खेलाडीलाई ७५ हजार नगद सहित सम्मान गर्ने निर्णय गरेको थियो ।

    १३ औं सागमा नेपालले हालसम्मकै सर्वाधिक ५१ स्वर्ण जित्दा सुदूरपश्चिमका खेलाडीले मात्र १२ स्वर्ण जितेका थिए । त्यस्तै २९ रजत र २५ कास्य पदक जितेको थिए ।


    शुक्रवार, आषाढ १९ २०७७०२:३२:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij