काठमाडौं । पछिल्लो समय कोरोना संक्रमितहरू बढ्दै गएका छन् । पछिल्लो २४ घण्टामा ६२ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ६२० नमुना परीक्षणमध्ये ५१ जनामा पीसीआर र ११ जनामा एन्टिजेन पोजिटीभ देखिएको हो । एक हजार ८ पीसीआर परीक्षणमा ५१ जना र ६१२ एन्टिजेन परीक्षणमा ११ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ ।
पछिल्लो २४ घण्टामा कुनै पनि संक्रमितको मृत्यु भएको छैन । हालसम्मको मृत्यु संख्या ११ हजार ९५२ छ । मन्त्रालयका अनुसार थप १९ जना संक्रमणमुक्त भएका छन् । हाल मुलुकभर २६१ सक्रिय संक्रमित छन् ।