Sep 09 2026 | २०८३, भाद्र २४ गते

२०८३, भाद्र २४ गते
  • यो साता चर्चामा :
images

देशका अधिकांश स्थानमा वर्षा, दिनभरको मौसम कस्तो रहला ?

देशका अधिकांश स्थानमा वर्षा, दिनभरको मौसम कस्तो रहला ?

  • बिहिवार, आषाढ १६ २०७९

  • 906
    SHARES

  • देशका अधिकांश स्थानमा वर्षा, दिनभरको मौसम कस्तो रहला ?

    काठमाडौं । हाल देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो पनि देशका धेरै स्थानहरुमा मेघ गर्जनरचट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

    प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

    हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनी न्यून चापीय रेखा औसत भन्दा उत्तर तिर (नेपालको दक्षिणी भू-भाग नजिक) रहेको विभागले जनाएको छ।

    प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेकोले पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको विभागले जनाएको छ।

    साथै, नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवनर यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।


    बिहिवार, आषाढ १६ २०७९०६:२५:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij