काठमाडौं । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक तीर्थराज भट्टराईले राष्ट्रिय परिचयपत्रको विवरण संकलन कार्य देशव्यापी रुपमा भइरहेको बताउनुभएको छ ।
३३ वटा जिल्लाका वडा–वडामा घुम्ती टोली खटाएर विवरण संकलन कार्य सम्पन्न भइसकेको छ भने अहिले १३ जिल्लामा जारी रहेको महानिर्देशक भट्टराईले बताउनुभयो ।
यो आर्थिक वर्षमा थप ४ जिल्लामा विवरण कार्य सकिने पनि महासनिर्देशक भट्टराईको भनाइ छ । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै महानिर्देशक भट्टराईले अहिलेसम्म ७५ लाख व्यक्तिको वैयक्तिक तथा जैविक विवरण प्राप्त भएको जानकारी दिनुभयो । विभाागले अहिले प्रत्यक जिल्लाका प्रत्यक वडामा गएर विवरण संकलन गरिरहेको छ ।
आ–आफ्नो समयमा प्रशासनमा जाँदा भिडभाड कम गर्न सकिने बताउँदै महानिर्देशक भट्टराईले व्यवस्थापन गर्न विभिन्न प्रयासहरु गरिरहेको बताउनुभयो ।
उहाँले भन्नुयो, 'राष्ट्रिय परिचयपत्र किन ल्याउनपर्यो भन्ने ‘कन्सेप्ट’नै बुझ्न पर्ने अवस्था छ । वि.सं.२०६६/६७ सालदेखि नै राष्ट्रिय परिचयपत्र ल्याउन पर्छ, जहाँ कुनै पनि व्यक्तिको वैयक्तिक विवरण राख्न पर्छ, वायोग्राफि डाटा र वायोमेट्रिक डाटा, यी दुई डाटा भएपछि व्यक्तिको सहि पहिचान हुन्छ । सहि पहिचान भइसकेपछि अपराधिक क्रियाकलाप होस् या त्यो व्यक्तिको आधिकारीकता पुष्टि गर्न सहज हुन्छ भन्ने हिसावले यसको विकाश भएको हो । ’
व्यक्तिको सहि सत्य तथ्याङक, सहि पहिचान स्थापित गराइदिनु र राज्यको जुनसुकै नेटवर्कमा पनि त्यो व्यक्ति सहि हो भन्ने पुष्टि गरिदिनु यो परियपत्रको पहिलो काम भएको महानिनर्देशक भट्टराईको भनाइ छ ।
देशका १६ वर्षमाथिका सबै नागरिकको राष्ट्रिय परिचयपत्र बन्ने र तत्काल आवश्यक नभए पछि बनाउन पनि सकिने उहाँले बताउनुभयो । कोरोना संक्रमण अझैं पुर्ण रुपले नसकिएकाले अत्यावश्यक नभए भिड नगरिदिन समेत उहाँले आग्रह गर्नुभएको छ ।