Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

बागमतीमा मुख्यमन्त्री परिवर्तन गर्ने तयारी, कांग्रेस र माओवादीका सांसदको हस्ताक्षर संकलन

बागमतीमा मुख्यमन्त्री परिवर्तन गर्ने तयारी, कांग्रेस र माओवादीका सांसदको हस्ताक्षर संकलन

  • बिहिवार, आषाढ १६ २०७९

  • 702
    SHARES

  • बागमतीमा मुख्यमन्त्री परिवर्तन गर्ने तयारी, कांग्रेस र माओवादीका सांसदको हस्ताक्षर संकलन
    काठमाडौं । बागमती प्रदेशमा मुख्यमन्त्री परिवर्तन गर्ने तयारीका साथ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले हस्ताक्षर संकलन सुरु गरेका छन् ।
     
    बिहीबार कांग्रेस र माओवादी सांसदहरूले हस्ताक्षर संकलन गरेका छन् । यद्यपि सरकार परिवर्तनकै प्रयोजन खुलाएर हस्ताक्षर संकलन गरिएको छैन ।
     
    नेकपा माओवादी केन्द्रका एक सांसदका अनुसार भोलि प्रक्रिया पूरा गर्नुपर्‍यो भने सबै सांसदहरू उपस्थित नहुन सक्छन् भनेर हस्ताक्षर संकलन गरिएको हो ।
     
    बागमती प्रदेशमा मुख्यमन्त्री हेरफेर गर्ने विषयमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच भएको लिखित सहमति केही समयअघि सार्वजनिक भएको थियो । 
     
    उक्त सहमति अनुसार सरकार छाड्न मुख्यमन्त्री तथा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेलाई दबाब दिने गरी हस्ताक्षर संकलन गरेको सांसदहरूले बताएका छन् ।
     
    यद्यपि नेपाली कांग्रेस र माओवादी केन्द्रका सांसदहरूले हस्ताक्षर संकलन गरेको औपचारिक रुपमा स्वीकार गरेका छैनन् ।


    बिहिवार, आषाढ १६ २०७९०३:०७:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij