Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

पाँचथरमा पहिरोले घर बगाउँदा तीनजना बेपत्ता

पाँचथरमा पहिरोले घर बगाउँदा तीनजना बेपत्ता

  • शनिवार, आषाढ १८ २०७९

  • 890
    SHARES

  • पाँचथरमा पहिरोले घर बगाउँदा तीनजना बेपत्ता

    पाँचथर । अविरल वर्षासँगै पहिरोले घर बगाउँदाफालेलुङ गाउँपालिका–७ मा तीनजना बेपत्ता भएका छन्।

    पाँचथरको फालेलुङ –७ विहीदिनका रूपलाल मगरको घर पहिराले बगाउँदा ४२ वर्षीय रूपलालसहित तीन जना बेपत्ता भएका हुन्।

    उनकी श्रीमती ३८ वर्षीया गोमा र १९ वर्षीया भतिजी एलिसा छन्। रूपलालका काका ७१ वर्षीय दलप्रसाद मगर भने पहिरोमा उछिट्टिएर बाँच्न सफल भएका छन्।

    शुक्रबार राति पहिरो झरेर ढुंगामाटोले बनेको घर तथा गोठ बगाएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।

    घटनास्थलबाट करिब ५०० मिटरको दूरीमा रहेको प्रहरीचौकी सिदिनको टोली घटनाको जानकारी पाउनासाथ घटनास्थल पुगेको थियो।

    नायब उपरीक्षक राकेश थापाले उनीहरूको खोजीका नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी जानकारी दिए।

     


    शनिवार, आषाढ १८ २०७९०७:५०:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij