Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

एमाले गठबन्धन नभई निर्वाचनमा जानै सक्दैन भन्ने अवस्थामा छैन : राजन भट्टराई

एमाले गठबन्धन नभई निर्वाचनमा जानै सक्दैन भन्ने अवस्थामा छैन : राजन भट्टराई

  • सोमवार, आषाढ २० २०७९

  • 673
    SHARES

  • एमाले गठबन्धन नभई निर्वाचनमा जानै सक्दैन भन्ने अवस्थामा छैन : राजन भट्टराई

    काठमाडौं । नेकपा एमालेका नेता राजन भट्टराईले आसन्न संघ र प्रदेशको निर्वाचनमा गठबन्धन गर्नेबारेमा अहिले नै टुंगो लागिनसकेको बताउनुभएको छ ।

    अघिल्लो निर्वाचनमा एक्लै लडेको एमालेले सिटमा कम ल्याए पनि मत बढाउन सफल भएको दाबी गर्दै नेता भट्टराईले गठबन्धन नभई निर्वाचनमा जानै सक्दैन भन्ने अवस्थामा एमाले नभएको बताउनुभयो ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता भट्टराईले अरु पार्टी गठबन्धनसहित निर्वाचनमा जाँदा पनि लोकप्रिय मतमा एमाले पहिलो पार्टी भएकाले दह्रो आत्मविश्वासका साथ लड्ने बताउनुभयो ।

    नेता भट्टराईले भन्नुभयो, ‘सके पार्टीहरुबिच स्वस्थ प्रतिष्पर्धा गरौँ नभएर उहाँहरु गठबन्धन नै गरेर एमालेलाई जसरी पनि एक्ल्याउछौ भन्नुहुन्छ भने जनताबिच गएर हामी जस्ताको तस्तै यो कुरा राख्छौ र जनतालाई भन्छौ कि लोकतन्त्रमा यो खालका अभ्यासहरु बढ्दै जाँदा स्वस्थता, पारदर्शीता भन्ने कुरा, जनताले जनमतको अभिव्यक्तिद्वारा शासनसत्ता सञ्चालन गर्ने भन्ने कुरा कसरी स्थापित हुन्छ भनेर हामी जनताकै बिचमा प्रश्न राख्छौ ।’

    अहिलेको गठबन्धन राजनीतिक सोच र विचारको हिसावले दृष्टिकोण नमिल्ने भएको पनि नेता भट्टराईले दाबी गर्नुभयो ।

    जे गरे पनि हुन्छ सत्ताका लागि अवसर पाइन्छ भने जस्तोसुकै बेइमानी, बदमासी गरे पनि हुन्छ भन्ने एउटा स्थापित गराउन खोजिएको आरोप लगाउँदै नेता भट्टराईले यसले लोकतन्त्रलाई बदनाम गर्ने संविधान र सिंगो व्यवस्थामाथि नै विभिन्न कोणबाट प्रहार गर्ने प्रयासहरु भइरहेको बताउनुभयो ।


    सोमवार, आषाढ २० २०७९०७:२५:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij