Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

माओवादी केन्द्रीय कमिटी बैठकमा आयो पार्टीको नाम फेर्ने प्रस्ताव

माओवादी केन्द्रीय कमिटी बैठकमा आयो पार्टीको नाम फेर्ने प्रस्ताव

  • सोमवार, आषाढ २० २०७९

  • 1.6K
    SHARES

  • माओवादी केन्द्रीय कमिटी बैठकमा आयो पार्टीको नाम फेर्ने प्रस्ताव
    काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले माओवाद र संसदवाद सँगै जान नसक्ने भन्दै एकलाई छोड्नुपर्ने बताउनुभएको छ । 
     
    माओवादी केन्द्रको जारी केन्द्रीय कमिटीको दोस्रो दिनको बैठकमा बोल्दै न्यौपानेले माओवाद र संसदवादमध्ये एउटा छोड्नैपर्ने बताउनुभयो ।
     
    ‘माओवाद र संसदवादलाई सँगै लैजानु भनेको सिद्धान्तमा स्पष्ट नहुनु हो। हामीले एउटा वाद छोड्नुपर्छ,’ उहाँले भन्नुभयो,‘अब संसदवादलाई छोड्न नसक्ने होला। त्यसैले पार्टीको नाम परिवर्तन गर्नुपर्छ।’
     
    न्यौपानले कांग्रेससँगको गठबन्धन तोड्नुपर्ने तर्क समेत राख्नुभएको थियो । 
     
    उहाँले वामपन्थी गठबन्धन नै उपयुक्त हुने बताउनुभयो । 
     
    ‘अहिले हामीले कांग्रेसलाई राष्ट्रवादी शक्ति भनेर हिँड्न परेको छ। डकुमेन्टमा दलाल पुँजीवादविरुद्ध लड्ने भनिएको छ तर कांग्रेससँगको सहकार्यले यो पुष्टि हुन सक्दैन,’ उहाँले भन्नुभयो,‘माथि जे भने पनि तल वामपन्थी र गैरवामपन्थी दलको नाममा भोट बाँडिन्छ। यो कुरालाई हामीले ध्यान दिन जरुरी छ।’
     
    उहाँले अलग धारको निर्माण गर्नुपर्ने र त्यसको नेतृत्व माओवादी केन्द्रले गर्नुपर्ने समेत बताउनुभएको छ । 


    सोमवार, आषाढ २० २०७९०८:३९:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij