Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

संसदीय चुनाव मंसिर २ वा ५ मा गर्न निर्वाचन आयोगको प्रस्ताव 

संसदीय चुनाव मंसिर २ वा ५ मा गर्न निर्वाचन आयोगको प्रस्ताव 

  • मंगलवार, आषाढ २१ २०७९

  • 581
    SHARES

  • संसदीय चुनाव मंसिर २ वा ५ मा गर्न निर्वाचन आयोगको प्रस्ताव 
    काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर २ वा ५ गतेमध्ये एक दिन प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचन गर्न सरकारलाई सिफारिस गर्ने तयारी गरेको छ ।
     
    निर्वाचन आयोगले भोलि बुधबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर चुनावको मिति सिफारिस गर्ने तयारी गरेको आयोगका एक निर्वाचन आयुक्तले जानकारी दिएका छन् ।
     
    आयोगले बुधबार मिति सिफारिस गरे पनि १२० दिन समय राखेर अबको एक साताभित्रै वा त्यसपछि मन्त्रिपरिषद् बैठक बसेर निर्वाचन मिति घोषणा हुने आयोगले जनाएको छ ।
     
    आयोगले एकै चरणमा संघीय र प्रादेशिक तहको निर्वाचन गर्नेगरी सिफारिस तयार पारेको ती सदस्यले बताएका छन् ।
     
    छिटफुट घटना बाहेक पहिलो पटक एकै चरणमा स्थानीय तहको निर्वाचन सम्पन्न गराउन सफल भएको निर्वाचन आयोगले संघीय र प्रादेशिक निर्वाचन पनि एकै चरणमा गर्नका लागि सिफारिस गर्न लागेको हो ।
     
    यसअघि २०७४ मंसिरमा दुई चरणमा दुवै तहको निर्वाचन सँगसँगै भएको थियो ।


    मंगलवार, आषाढ २१ २०७९०८:२९:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij