काठमाडौं । देशका तीन प्रदेशमा बिहानैदेखि पानी परिरहेको छ। प्रदेश–१, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित पानी परिरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने सामान्य बदली छ। बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको विभागले जनाएको छ।
बिहीबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भू–भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने विभागले जनाएको छ। बाँकी भू–भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ ।
राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । विभागका अनुसार सुदूरपश्चिम प्रदेश, बामगती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ।