Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

जनार्दन शर्माले राजीनामा दिएर राम्रो गरे : एमाले नेता तामाङ

जनार्दन शर्माले राजीनामा दिएर राम्रो गरे : एमाले नेता तामाङ

सीसीटीभी मेटियो भन्नु सरकारी किर्ते भएको आरोप
  • बिहिवार, आषाढ २३ २०७९

  • 711
    SHARES

  • जनार्दन शर्माले राजीनामा दिएर राम्रो गरे : एमाले नेता तामाङ

    काठमाडौं । नेकपा एमालेका नेता शेरबहादुर तामाङले जनार्दन शर्माले राजीनामा दिएर राम्रो गरेको बताउनुभएको छ । यस्ता विषयहरुको इश्यु सार्वजनिक रुपमा उठिसकेपछि छानबिन प्रक्रियालाई सहज वातावरण गराउनका लागि यो कदम आवश्यक रहेको बताउँदै धेरै अगाडि दिनुपर्ने राजीनामा ढिलै भए पनि दिएर राम्रो गरेको बताउनुभएको हो ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता तामाङले भन्नुभयो, ‘उहाँले (जनार्दन शर्मा)ले धेरै अगाडि राजीनामा दिनुपथ्र्यो तर धेरै अड्किनुभयो । त्यहाँको सीसीटीभी फुटेज मेटिएछ भनेर जुन खालको अर्थमन्त्रालयको वक्तव्य आएको छ यो गम्भिर कुरा हो, यसमा फैजदारी अभियोग लाग्ने प्रकृतिका चिजहरु भएको छ । अब संसदीय समितिले छानबिन गरेर रिपोर्ट ल्याउछ, त्यो रिपोर्ट आएपछि सथ्य तथ्य हेर्न बाँकी छ ।’

    नेता तामाङले बजेटमा मुलुकलाई लुटेर खाने प्रवृति देखा परेको पनि दाबी गर्नुभयो । गलत र बेइमानी गर्ला भनेरै सीसीटीभी राख्ने चलन आएको बताउँदै तामाङले सोहि सीसीटीभी मेटियो भन्नु सरकारी किर्ते भएको आरोप लगाउनुभयो ।

     


    बिहिवार, आषाढ २३ २०७९०७:३२:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij