Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

बढ्यो कोरोना, २४ घण्टामा १८ हजार भन्दाबढी संक्रमित

बढ्यो कोरोना, २४ घण्टामा १८ हजार भन्दाबढी संक्रमित

  • आइतवार, आषाढ २६ २०७९

  • 707
    SHARES

  • बढ्यो कोरोना, २४ घण्टामा १८ हजार भन्दाबढी संक्रमित

    काठमाडौं । शनिबार मध्यरातसम्म अर्थात २४ घण्टाको समयावधिमा भारतमा १८ हजार २५७ कोरोना सङ्क्रमित थपिएका छन् ।

    हाल भारतमा एक लाख २८ हजार ६९० सक्रिय सङ्क्रमित रहेका छन् । यो कुल सङ्क्रमितको ० दशमलव ३० प्रतिशत हो । करिब चार महिनापछि १० दिनयता सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाखभन्दा बढी भएको छ ।

    हाल भारतमा कोरोनाका कुल सङ्क्रमितको सङ्ख्या चार करोड ३६ लाख भन्दा बढी पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आइतबार जानकारी दिएको छ ।

    पछिल्लो एक दिनमा १४ हजार ५५३ कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । योसँगै भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त भएकाको कुल सङ्ख्या चार करोड २९ लाख ६८ हजार ५३३ पुगेको छ । कोरोना भाइरस निको हुने यो दर ९८ दशमलव ५० प्रतिशत रहेको छ ।

    चौबिस घण्टाको समयावधिमा कोरोना सङ्क्रमणमा ४२ को मृत्यु भएको छ । कोरोना शुरु भएबाट हालसम्म यस महामारीको कारण पाँच लाख २५ हजार ४२८ को मृत्यु भएको छ ।

    २४ घण्टाको सो अवधिमा चार लाख ३२ हजार ७७७ कोरोना परिक्षण भएको जनाइएको छ । यहाँ कोरोना सङ्क्रमण शुरु भएबाट हालसम्म ८६ करोड ६६ लाख भन्दा बढीको कोरोना भाइरस परीक्षण भएको बताइएको छ । २४ घण्टाको समयावधिमा दश लाख २१ हजार १६४ डोज कोरोनाविरुद्धको खोप लगाइएको सो मन्त्रालयले आइतबार जानकारी दिएको छ ।

    भारतमा सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म कोरोनाविरुद्ध एक अर्व ९८ करोड ७६ लाख ५९ हजार २९९ डोज खोप लगाइएको छ ।


    आइतवार, आषाढ २६ २०७९०२:०९:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij