Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

नामिबियाद्वारा नेपाललाई २ सय २१ रनको लक्ष्य

नामिबियाद्वारा नेपाललाई २ सय २१ रनको लक्ष्य

  • सोमवार, आषाढ २७ २०७९

  • 714
    SHARES

  • नामिबियाद्वारा नेपाललाई २ सय २१ रनको लक्ष्य

    काठमाडौं । आईसीसी पुरुष विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नामिबियाले नेपाललाई जितका लागि २ सय २१ रनको लक्ष्य दिएको छ ।

    स्कटल्याण्डको न्यु काम्बसडनमा टस जितेर पहिले ब्याटिङ गरेको नामिबियाले ४७ ओभर ३ बलमा अलआउट हुँदै २ सय २० रन बनायो ।

    नामिबियाका लागि जान निकोल लोफ्टीले ६० रनको अर्धशतकीय इनिङ खेले । यस्तै डिभान ला ककले ४१ रन जोड्दा कप्तान गेर्हार्ड एरास्मुसले २२ रन जोडे ।

    क्रेग विलियम्सले २१ तथा लो हान्ड्री र डाभिड वाइसले समान १८र१८ रन जोडे ।

    नेपालका कप्तान सन्दीप लामिछानेले ४ विकेट लिए ।


    सोमवार, आषाढ २७ २०७९०७:१३:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij