Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

श्रीलंकाका राष्ट्रपति राजपक्षेले देश छाडे, मालदिभ्स पुगे

श्रीलंकाका राष्ट्रपति राजपक्षेले देश छाडे, मालदिभ्स पुगे

  • बुधवार, आषाढ २९ २०७९

  • 506
    SHARES

  • श्रीलंकाका राष्ट्रपति राजपक्षेले देश छाडे, मालदिभ्स पुगे

    काठमाडौं। श्रीलंकाका राष्ट्रपति गोटाबाया राजपक्षेले देश छाडेका छन्। उनी मंगलबार राति मालदिभ्स पुगेको बताइएको छ।

    बुधबार राजीनामा दिने घोषणा गरेका उनी अघिल्लो रात परिवारसहित बाहिरिएका हुन्। उनले  जुलाइ १३ (आज बुधबारको) को मिति राखेर दुई दिन अघि नै राजीनामा दिएको डेली मिररले जनाएको छ। 

    राजीनामा दिनुअघि आफ्नो परिवार सकुशल विदेशिने व्यवस्था मिलाउन उनले माग गरेका थिए।

    मंगलबार उनका भाइ पूर्ववित्तमन्त्री बासिल राजपक्षेले पनि देश छाड्ने कोशिस गरेका थिए। तर, अध्यागमनका अधिकारीले रोकेका छन्।


    बुधवार, आषाढ २९ २०७९०७:३८:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij