Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री देउवा मुलुकका लागि कलंक हुन् : पृथ्वी सुब्बा गुरुङ

प्रधानमन्त्री देउवा मुलुकका लागि कलंक हुन् : पृथ्वी सुब्बा गुरुङ

  • बुधवार, आषाढ २९ २०७९

  • 608
    SHARES

  • प्रधानमन्त्री देउवा मुलुकका लागि कलंक हुन् : पृथ्वी सुब्बा गुरुङ

    काठमाडौं । नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले प्रधानमन्त्री शेरबहादुर देउवा मुलुकका लागि कलंक भएको आरोप लगाउनुभएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै गुरुङले भन्नुभयो, “शेरबहादुर देउवा विगतमा पजेरो काण्ड, सुत्केरी काण्ड, सांसद खरिद बिक्री, जम्बो मन्त्रीमण्डल आदि कारण बदनाम छन्। पछिल्लो एक वर्षे कार्यकालमा पनि एसपीपीजस्तो अमेरिकी सैनिक खडा गर्ने घातक सम्झौता, बिचौलिया राखेर बजेटमार्फत व्यापारीलाई पोस्ने, हतियार किनेर कमिसन खाने आदि काममा निर्लिप्त छन्। उनी मुलुकका लागि कलंक हुन्।”

    सरकारले जनविरोधी काम गर्दा पनि नेकपा एमाले टुलुटुलु रमिता हेरेर बसिरहेको छ नि भन्ने पत्रकार धमलाको प्रश्नमा गुरुङले थप्नुभयो, “यो सरकारले चाहिने के के काम गर्यो भन्दा पनि नचाहिने काम के के गरेन भन्नुपर्ने स्थिति छ। यो सरकार मूर्ख छ र बहुलट्ठी छ। हामीले सरकारका जनविरोधी क्रियाकलापको सडकदेखि सदनसम्म विरोध गरिरहेका छौं। हामी रचनात्मक प्रतिपक्ष हौं। सडकमा अनेरास्ववियु र युवा संघले विरोध गरिरहेका छन्। त्यो एमालेले गरेको होइन ? के हामीले पनि सदनमा मारमुङ्ग्री गर्नुपर्नेरु बन्दुक पड्काउनुपर्ने?”


    बुधवार, आषाढ २९ २०७९११:३३:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij