Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

श्रीलंकाका नागरिकहरुद्वारा प्रधानमन्त्रीको कार्यालय पनि कब्जा

श्रीलंकाका नागरिकहरुद्वारा प्रधानमन्त्रीको कार्यालय पनि कब्जा

  • बुधवार, आषाढ २९ २०७९

  • 595
    SHARES

  • श्रीलंकाका नागरिकहरुद्वारा प्रधानमन्त्रीको कार्यालय पनि कब्जा

    काठमाडौं । राष्ट्रपति तथा प्रधानमन्त्रीको राजीनामा माग गर्दै उग्र प्रदर्शनमा उत्रिएका श्रीलंकाका नागरिकहरुले हाल प्रधानमन्त्रीको कार्यालयमा पनि कब्जा जमाएका छन् ।

    अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएअनुसार हालैमात्र प्रदर्शनकारीहरुले प्रधानमन्त्री कार्यालय बाहिरको बार भत्काउँदै निवासभित्र प्रवेश गरेका हुन् । राष्ट्रपति गोटाबाया देश छोडेर भागेसँगै आज श्रीलंकामा उग्र प्रदर्शन भइरहेको छ ।

    हजारौंको संख्यामा जम्मा भएका प्रदर्शनकारीहरुले बिहानैदेखि प्रधानमन्त्री कार्यालय अगाडि विरोध प्रदर्शन गरिरहेका थिए । यसअघि प्रदर्शनकारीहरुले श्रीलंका सरकारद्वारा सञ्चालित राष्ट्रिय टेलिभिजनको कार्यालयमा पनि कब्जा जमाएका थिए ।

    गत शनिबारदेखि राष्ट्रपतिको निवास पनि प्रदर्शनकारीको कब्जामा छ । उनीहरुले राष्ट्रपति र प्रधानमन्त्रीले राजीनामा नदिएसम्म राष्ट्रपति निवास नछोड्ने घोषणासमेत गरेका छन् ।


    बुधवार, आषाढ २९ २०७९०४:५४:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij